घरमा लागेको आगोमा परि रसुवामा तीन तामाङ बालिकाको मृत्यु

रसुवा, माघ २७ – रसुवामा आगोले जलेर तीन तामाङ बालिकाको ज्यान गएको छ ।
रसुवाको नौकुण्ड गाउँपालिका–५ सिस्नेरीमा घरमा सल्केको आगोमा जलेर तीन बालिकाको ज्यान गएको हो ।मृत्यु हुनेमा धनबहादुर मोक्तान तामाङको छोरी वर्ष ६ की अस्मिता मोक्तान, वीरबहादुर मोक्तान तामाङको छोरी ७ वर्षीया रिपोला मोक्तान तामाङ र ३ वर्षीया मंगलीमाया मोक्तान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक सरतकुमार थापा क्षेत्रीले दिएको
ज्यान जानेमा ६ वर्षकी अस्मिता मोक्तान तामाङ , ७ वर्षकी रिफोला मोक्तान तामाङ र ३ वर्षकी मंगलीमाया मोक्तान तामाङकोज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक सरतकुमार थापा क्षेत्रीले बताउनुभयो ।
बुवाआमा घेवामा गएको समयमा घरमा रहेको पोस्टरमा आगो बाल्ने क्रममा पूरै घर जलेको र त्यसमा परेर बालिकोको मृत्यु हुन पुगेको उहाँले बताउनुभयो ।
आगोले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । मृत्यु भएको बालिकाको पोष्टमार्टमका लागि त्रिशुली अस्पताल लगिएको प्रहरीले जनाएको छ ।