हेडलाईन

शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै         संघीयता:नेपालकोबाट संसार भर फैलियो        

सिरियाले खसालिदियो इजरायली लडाकू जेट

बिबिसी: युद्धग्रस्त सिरियाले मध्यपूर्वको शक्तिशाली मुलुक इजरायलको एउटा लडाकू जेटलाई खसालिदिएको छ । यो कुराको पुष्टि इजरायली सेनाले पनि गरेको छ ।

इजराइलको सेनाका अनुसार उसको एक लडाकू जेट विमानलाई सिरियाली एन्टी एयरक्राफ्ट फायरका कारण खसेर दुर्घटनाग्रस्त भएको हो ।

समाचार अनुसार मिसाइल लागेपछि यो लडाकू जहाजका दुवै पाइलटले प्यारासुटबाट हामफालेर ज्यान बचाएका थिए । उनीहरु लडाकू जहाजमा मिसाइल लागेपछि प्यारासुटमा इजरायली क्षेत्रमा झरेका थिए । त्यसपछि उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ |

इजरायली सेनाका अनुसार उसको अत्याधुनिक एफ-१६ लडाकू विमान आफ्नो हवाई क्षेत्रमा आएको एउटा ड्रोनको निगरानीमा उडेको थियो ।

जोर्डन र सिरियासँग जोडिएको इजरायली सीमामा बस्दै आएका स्थानीय बासिन्दाका अनुसार उनीहरुले ठुलो आवाजसहित विस्फोटन भएको सुनेका थिए ।

सेनाले एक विज्ञप्तीमा भनेको छ, ‘एक लडाकू हेलिकोप्टरले इरानको एक यूएभी (मानवरहित विमान) पता लगाएको थियो, जसलाई सिरियाबाट छोडिएको थियो ।’

विज्ञप्तीमा इजरायल डिफेन्स फोर्सेले सिरियामा त्यस यूएभीलाई निशाना बनाएको थियो । सिरिया-इजरायल सीमास्थित गोलान पहाडभन्दा माथि एन्टी एयरक्राफ्ट मिसाइलको निशानामा यो लडाकू जहाज परेको हो ।

सिरियाको सरकारी सञ्चारमाध्यमका अनुसार सिरियाली हवाई सुरक्षा प्रणालीले इजरायली गतिविधिलाई युद्धका लागि उकास्ने ठहर गर्दै विमानलाई निशाना बनाइएको हो ।

बीबीसीका मध्यपूर्व संवाददाता टम बेटम्यानले बताए अनुसार सिरियामा इजरायली हमला असामान्य होइन । तर इजरायली लडाकू जेटलाई मिसाइल हानेर खसालिएको जस्तो गम्भीर घटना भने पहिलो पटक भएको हो ।






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution