काभ्रेका शर्मिला स्याङतान तामाङ सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अन्तिम तयारीमा,सहयोगको लागि अपिल

याम्बु । काभ्रे जिल्ला रोसी गाउँपालिका–११ की २७ वर्षीया शर्मिला स्याङतान तामाङ गौतमबुद्धको जन्मस्थलबारे फैलिएको भ्रम चिर्ने उद्देश्यले आगामी चैत २५ गतेबाट सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । पाएनियर एड्भेन्चर प्रालि कम्पनीको प्रायोजनमा ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएको झण्डासँगै नेपालको झण्डा र धीरज राईले गाएको ‘बुद्ध वाज बर्न इन नेपाल’ बोलको गीत एक मिनेट सर्वोच्च शिखरबाटै बजाएर विश्वलाई सुनाउने योजनासमेत रहेको बताएको छ |
शर्मिला स्याङतान तामाङ संगै दोलखा गौरीशंकर गाउँपालिका–९ सिमिगाउँकी २७ वर्षीया छोकी शेर्पा पनि आरोहणमा जाने भएकी छिन् |उनीले केही देशमा अहिले पनि गौतमबुद्ध भारत जन्मिएको भन्ने भ्रम रहेकाले उनी नेपालमै जन्मिएका हुन् भने सन्देश प्रबाह गर्न सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्न लागेको बताइन् ।
उनीहरूलाई भ्रमणका लागि केही सामग्री खरिद गर्न केही संस्थाले सहयोग गरेपनि आर्थिक अभाब भएकाले थप सहयोगका लागि विभिन्न संघ संस्थाका साथै स्वदेश तथा विदेशमा रहेका नेपालीलाई अपीलसमेत गरेका छन् ।