कलाकार द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ

काठमाडौं : मानवतस्करीको आरोपमा कलाकार एवम्ं द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ परेका छन्। दक्षिण कोरियामा कार्यक्रममा सँगै लगिएका केही मानिसहरु उतै छाडेर आएको आरोप खड्गीमाथि छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खड्गीलाई पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले खड्गीलाई मानव बेचबिखनको मुद्दामा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको जानकारी दिए।