हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

अहिलेसम्मकै शक्तिशाली रकेट मंगलग्रह तर्फ उड्यो

काठमाडौँ — अमेरिकी व्यवसायी इलन मस्कको कम्पनी स्पेसएक्सले अहिलेसम्मकै शक्तिशाली रकेट मंगलग्रहमा पठाएको छ ।
अमेरिकाको केनेडी स्पेस सेन्टरबाट रकेट मंगल ग्रहको लागि आज बिहान उठेको हो ।

यो सटल सिस्टम नामक रकेटपछिको सबैभन्दा शक्तिशाली मानिएको छ । सटल सिस्टम अहिले सञ्चालनमा छैन् । लञ्च गर्ने समय बिनाकुनै समस्या रकेट अट्लान्टिक महासागर हुँदै उडेको थियो ।

स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले यो रोबोट बनाउँदा भोग्नुपरेको अप्ठ्याराका कारणले यसले सफलता पाउने कुरामा आफू आधा मात्रै विश्वस्त रहेको अनुभव सुनाए ।

‘रकेट उड्ने बेलामा पड्किने कल्पना गरेको थिएँ तर भाग्यवत यस्तो भएन’, सफलतापूर्वक रकेट लञ्च गरेपछि उनले भने । यसको सफलतासँगै फाल्कन हेभी रकेट अहिले सञ्चालनमा रहेकामध्ये सबैभन्दा शक्तिशाली बनेको छ ।

यसको कार्यक्षमता सञ्चालनमा रहेको दोस्रो शक्तिशाली रकेट डेल्टा फोर हेभीको भन्दा दुई गुणा बढी भए पनि लागत भने एक तिहाई मात्रै रहेको मस्कले बताए । यसले पृथ्वीको तल्लो घेरा (पृथ्वी वरपर २ हजार किलोमिटरसम्मको स्थान) मा ६४ टनसम्मको भारी बोकेर लैजान सक्छ ।

परीक्षणको रुपमा गरिएको यो रकेट मिसनमा यात्रुको सट्टा टेस्ला स्पोर्ट्सकार राखिएको छ भने कारमा मानिसजस्तै डमी राखिएको छ ।

रकेटले कारलाई क्षुद्रग्रह घेरा नजिकै छाडेको र यो मंगलग्रह तर्फ जाने बताइएको छ । यो रकेटसहितको कारलाई मंगलग्रहसम्मको दुरी करिब २० करोड माइल पूरा गर्न कम्तिमा ६ महिना लाग्नेछ ।
फाल्कोन हेभीमा स्पेसएक्सको तीनवडा फाल्कोन नाइन जोडिएको छ र स्पेसएक्सले यसअघि अभ्यास गरेजस्तै रकेटका तलका भागहरु पुन: पृथ्वीमा आएर बसेका छन् । यीमध्ये दुईमात्रै सफलतापूर्वक पृथ्वीमा झरेका थिए । समुद्रमा अवतरण गराउन खोजिएको रकेटको अर्को एक भाग भने पानीमा खसेको छ ।

अहिलेसम्मकै शक्तिशाली रकेटको सफलतापूर्वक प्रक्षेपण हुनुले भविष्यमा ठूला आकारका स्याटेलाइट अन्तरिक्षमा पठाउन सम्भव हुने विज्ञहरुले बताएका छन् ।

-बीबीसी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution