हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

राशी अनुसारको यौन चाहना पनि फरक-फरक, तपाइको कस्तो ?

हरेक मानिसको स्वभाव र रुची फरक फरक हुन्छ । मानिसले आफ्नो रुची अनुसार व्यवहार पनि भिन्न खालको देखाइरहेको हुन्छ । कसैलाई गुलाफ मन पर्छ त कसैलाई गुराँस । कुनै व्यक्ति गुलियोको पारखी हुन्छन् भने कोही अमिलो वा नुनिलोको । मानिसलाई स्वस्थ रहन यौन जीवनको पनि महत्वपूर्ण भूमिका हुन्छ।

मानसिक र शारिरीक रुपमा स्वस्थ रहन पनि यौन जीवन आवश्यक हुने मनोपरामर्शदाताहरु बताउँछन् । यसैगरी यौनको मामलामा पनि मानिसहरुमा फरक फरक गुण र व्यवहार हुन्छ । कसैलाई यौन सम्बन्ध राख्दा सादा तरिका मन पर्छ भने कसैलाई विभिन्न तरिका । कुनै जोडीलाई कामुक कुराकानी मन पर्छ भने कसैलाई एक अर्कालाई हेरे मात्र पनि पुग्छ। यौन जीनवमा स्वास्थ्यको महत्व जस्तै ज्योषिशास्त्रका अनुसार पनि यौनिक व्यवहार फरक हुनको कारण राशी हो।

१. मेष

मेष राशी भएका मानिसहरु छिट्टै आवेगमा आउँछन् । मेष राशीका मानिसमा कामुकता अत्याधिक हुन्छ । तर, लामो समयसम्म यौन सम्बन्ध राखिरहन भने उनीहरु मन पराउँदैनन् । यो राशीका मानिसहरु कम समस्यामा धेरै यौनिक आनन्द लिनेमा विश्वास गर्छन् । यौन सम्बन्ध राख्ने बेलामा उनीहरु आतुर हुन्छन् ।

२. वृष

वृष राशीलाई चुम्बन गर्न मन पर्छ । वृष राशीका व्यक्ति धैर्यवान हुन्छन् । यिनीहरु आवेशमा आउँदैनन् । चुम्बन यिनीहरुलाई निकै मन पर्छ । वृष राशी भएकाहरुलाई यौन सम्बन्ध लामो बनाउने चाहना र एक अर्कालाई माया गर्नुपर्ने चाहन्छन् । यिनीहरुलाई यौन सम्बन्धका लागि पहल गरेको मन पर्छ ।

३. मिथुन

मिथुन राशीलाई प्रेमलाभ मनपर्छ । यो राशीको स्वामी बुध हो । त्यसै कारण कामुक भावना प्रवल हुन्छ । यौनका लागि यिनीहरु पनि निक्कै आतुर हुन्छन् । यौनका लागि यिनीहरु चाँड नै तयार हुन्छन् । यौन सम्बन्ध जारी रहेको बेलामा यिनीहरुलाई प्रेमलाप गरेको मन पर्छ । आफ्नो पाटनरको सन्तुष्टिप्रति यिनीहरु सधैं सजग रहन्छन् ।

४. कर्कट

कर्कट राशी भएकाहरु प्रेममा उत्साहित हुन्छन् । यो राशीका भावुक र मानसिक रुपमा संवेदनशील हुन्छन् । यिनीहरुको यही स्वभावका कारण यौन आनन्द लिन सक्दैनन् । यिनीहरु आफ्नो पाट्नरको भन्दा आफ्नो खुशीलाई बढी महत्व दिन्छन् । यो राशीका मानिसहरु प्रेमको आनन्द लिन जान्दैनन् र जीवनमा केही कुराको कमि महसुस भइरहन्छ ।

५. सिंह

सिंह राशीले पर्खिरहने पाटनरको इशारा हो । यो राशीका व्यक्ति स्थिर स्वभावका हुन्छन् । यिनीहरुको भावना सहजै व्याप्त हुँदैन । तर इशाराको पर्खाइमा भने हुन्छन् । यौन सम्बन्धको समस्यामा यिनीहरु निक्कै जोससहित प्रस्तुत हुन्छन् । जोसले गर्दा पाट्नरको भावना भने त्यत्ति बुझ्दैनन् ।

६. कन्या

कन्या राशीमा यौनप्रति विशेष रुची हुन्छ । यो राशीका मानिस केही लाज मान्ने स्वभावका हुन्छन् । यिनीहरुले प्रेमी प्रेमिका वा पति पत्निसँग प्रेम व्यक्त गरिहाल्दैनन् । यद्धपि चासो भने निक्कै धेरै हुन्छ । यो राशीका मानिस यौन सम्बन्धको बेला समय वर्वाद गर्दैनन् । प्रेमप्रति भने पूरै इमान्दार हुन्छन् । तर मुडी स्वभाव भने हुन्छ ।

७. तुला

तुला राशीका मानिसमा सम्बन्ध बढाउन चाहना हुन्छ । यो राशीका व्यक्ति आफ्नो पाटनरको खुशीमा ध्यान दिन्छन् । प्रेम सम्बन्धका लागि दवाव पनि दिँदैनन् । साथीको इच्छा अनुसार तयार हुन्छन् । तुला राशीको स्वामी शुक्र भएका कारण यिनीहरुप्रति मानिस आकर्षित भइहाल्छन् । यिनीहरुलाई यौनक्रिडाको समयमा कुराकानी गर्न मन पर्छ ।

८. वृश्चिक

वृश्चिक राशीमा कामुक भावना प्रवल हुन्छ । वृश्चिक राशीको स्वामी मंगल भएका कारण यो राशी भएका मानिसमा कामुकता बढी हुन्छ । यिनीहरु अति उत्साहका कारण पाटनरलाई भने केही कठिनाइ महसुस हुन्छ । प्रेमका कुरामा यिनीहरु भावुक हुन्छन् ।

९. धनु

धनु राशी भएकाहरु जतिबेला पनि यौनका लागि तयार हुन्छन् । यो राशी भएका मानिसको विशेषता के हो भने यिनीहरु जतिबेला पनि यौन र प्रेमका लागि तयार हुन्छन् । यिनीहरुलाई यौन क्रिडाकाको समयमा चुम्बन गर्न र अरु क्रियाकलाप गर्न मन पर्छ ।

१०. मकर

मकर राशी भएकालाई चुम्बन गर्न मन पर्छ । यो राशीका मानिस प्रेम सम्बन्धका विषयमा गम्भीर हुन्छन् । यिनीहरु साथीप्रति समर्पित हुन्छन् । प्रेममा विस्वास गर्न लायक राशी मानिन्छ मकर । यिनीहरुलाई यौनक्रिडाको समयमा चुम्बन अत्याधिक मन पर्छ । तर पाटनरको सन्तुष्टिप्रति कम सचेत हुन्छन् ।

११. कुम्भ

कुम्भ राशीलाई प्रेममा नयाँ नयाँ प्रयोग गर्न मन पर्छ । यो राशी भएकाहरु यौन क्रिडाका लागि अति नै उत्साहित हुन्छन् । यसमा नयाँ नयाँ आसन र शैलीका प्रयोग गर्न उनीहरु लालायित हुन्छन् । यौन क्रिडा गरीरहँदा अन्य कुरा गर्न उनीहरु मन पराउँदैनन् । आफ्नो पाटनरलाई खुशी पार्न उनीहरुको ध्यान केन्द्रीत हुन्छ ।

१२. मीन

मीन राशीको सम्बन्ध सुखद र आनन्दायक हुन्छ । यो राशीका व्यक्तिमा भावनाको प्रवलता हुन्छ । पाटनरको भावना बुझेर सन्तुष्टिमा ध्यान दिन्छन् । यिनीहरु पनि यौन चाहना अत्याधि हुन्छ । कुम्भ राशी जस्तै नयाँ नयाँ प्रयोग गर्न मन पराउँछन् ।

एजेन्सी

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution