नेपाली झण्डाले कसरी रंग्याउने फेसबुक प्रोफाइल पिक्चर ?
भारतले अघोषित नाकाबन्दी गरेपछि यसको विरोधमा सामाजिक सञ्जालमा चहलपहल बढिरहेको छ । केहीदिन अघि ट्विटरमा #backOffIndia वर्ल्डवाइड ट्रेन्ड नै बन्यो | अहिले सोसियल नेटवर्ककिङ जाइन्ट फेसबुकमा प्रोफाइल फोटोलाई नेपाली झन्डाले रङ्ग्याउने ट्रेन्ड सुरु भएको छ |
गत जुनमा अमेरिकाभर समलिंगी बिबाहलाई सर्वोच्च अदालतले मान्यता दिएको खुसियालीमा फेसबुकले प्रोफाइल फोटोलाई इन्द्रेणी रंगमा रङ्ग्याउने सुविधा दिएको थियो | त्यसबेला समलिंगी बिबाहलाई समर्थन गर्दै विश्वभरका लाखौं फेसबुक प्रयोगकर्ताले प्रोफाइल पिक्चर रंगीन बनाए |
त्यसयता मास सपोर्ट देखाउन सुरु भएका विभिन्न ट्रेन्ड डिजिटल इन्डिया हुँदै नेपाली राष्ट्रिय झन्डासम्म आइपुगेको छ | फेसबुकमा एप बनाएर आफ्नो प्रोफाइल बनाउन मिल्ने बनाउने एक नेपाली हुन्- सुवास पाठक । उनले नेपालको अहिलेको परिस्थिति बुझेर यस्तो कन्सेप्ट बनाएको बताउँछन् ।
उनले भने, ‘विश्वमा कुनै कुराको सपोर्ट गर्न पर्योत भने फेसबुकमा आफ्नो प्रोफाइल पिक्चर बदल्ने ट्रेन्ड चलेको छ । त्यही भएर अहिले राष्ट्रियताको लागि यो कन्सेप्ट ल्याएको हुँ ।’
उनले भारतले अघोषित नाकाबन्दी गरेपछि नेपालको समर्थनको लागि यो कन्सेप्ट ल्याएको बताए ।
कम्प्युटर सफ्टवेयर डेभलपर पाठकले गत मंगलबार रातिदेखि यो एप फेसबुकमा राखेका थिए । उनी भन्छन्, ‘म र मेरा साथीभाइहरुले मात्रै प्रयोग गर्छन् होला भन्ने सोचेको थिएँ । अहिले भाइरल नै भएको छ ।’
कसरी बनाउने त आफ्नो प्रोफाइल पिक्चर नेपाली झन्डामय ?
नेपाली झन्डा अंकित प्रोफाइल पिक्चर ग्राफिक्स सफ्टवेयर प्रयोग नगरी ‘क्लिक एण्ड गो’ बाटै बनाउन सकिन्छ | त्यसको लागि निम्न लिंकमा क्लिक गर्नुहोस:
सुवास डट मि मा क्लिक गरिसकेपछि तपाइलाई नयाँ फोटो अपलोड गर्ने वा फेसबुककै फोटोलाई रंग्याउने अप्सन छन् | त्यस्तै एओनेएप्ज डट कममा पनि यो सुबिधा उपलब्ध छ |