हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

राष्ट्रिय सभाका ३२ स्थानका लागि मतदान शुरू

६ वटा प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

प्रदेश नं. २ का सबै सदस्यहरू निर्विरोध निर्वाचित भइसकेकाले त्यहाँ चुनाव नभएको हो।

आयोगका प्रवक्ता नवराज ढकालले भने, “‍हामीलाई प्राप्त जानकारी अनुसार सबै केन्द्रमा बिहान १० बजेदेखि मतदान शुरू भएको छ।”

आयोगका अनुसार दिउँसो ३ बजेसम्म मतदान जारी रहनेछ।

निर्वाचनका लागि व्यवस्थापकीय काम पूरा भइसकेको जनाएको निर्वाचन आयोगले परिणाम तीन दिनभित्रै नतिजा घोषणा गर्ने जनाएको छ।

राष्ट्रिय सभाको निर्वाचनपछि प्रतिनिधि सभाको समानुपातिक परिणाम औपचारिक रूपमा टुङ्गो लाग्नेछ र संघीय संसद् पूर्ण भइ नयाँ सरकार गठनका लागि बाटो खुल्नेछ।

५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जना निर्वाचनबाट र तीनजना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।
५६ स्थानमध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

बाँकी ३२ स्थानका लागि विभिन्न दलका ५२ उम्मेदवार प्रतिस्पर्धामा छन्।

राष्ट्रिय सभा निर्वाचनपछि पनि संघीय संसद्‍मा ३३ प्रतिशत महिला सहभागिता निश्चित बनाउन अपुग हुने बाँकी संख्या प्रतिनिधि सभाको समानुपातिक तर्फबाट क्षतिपूर्ति गर्ने संवैधानिक व्यवस्था भएकाले तल्लो सदनको अन्तिम परिणाम घोषणा हुन सकेको छैन।
त्यसका कारण सरकार गठनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ हुन सकेको छैन।

त्यसको दवाबमा परेको जस्तो देखिने आयोग राष्ट्रिय सभा निर्वाचनको नतिजा छिट्टै घोषणा गर्ने मनस्थितिमा देखिन्छ।

आयोगका प्रवक्ता नवराज ढकालले भने, “एकल संक्रमणीय मत प्रणालीमा गणना गर्न अभ्यस्त केन्द्रबाट नै विज्ञहरूको टोली परिचालन गरिएको छ। हामी ढिलोमा ३ दिन अर्थात् माघ २६ गतेभित्र वा त्यसभन्दा अगावै नतिजा निकाल्ने गरी काम गरिरहेका छौँ।”
नयाँ संविधान अनुसार पहिलो पटक भएका तीन तहको निर्वाचनमा यो अन्तिम चुनावी प्रक्रिया हो।

सबै तह गरी झण्डै ११ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरिएकोमा राष्ट्रिय सभाको निर्वाचन खर्च अन्यको दाँजोमा न्यून हुने बताइएको छ।

आयोगका प्रवक्ता ढकाल भन्छन्, “अन्य निर्वाचनको तुलनामा ज्यादै नै न्यून खर्च हुन्छ। कर्मचारी परिचालन र अन्य सामग्रीको दृष्टिकोणले पनि सरल हुन्छ। १५ करोड रूपैयाँभन्दा कम रकम खर्च हुने हाम्रो प्रारम्भिक अनुमान हो।”

राष्ट्रिय सभामा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख गरी २,०५६ जना मतदाता छन्।

तर प्रदेश नं. २ मा सबैजना निर्विरोध निर्वाचित भइसकेकाले बाँकी ६ वटा प्रदेशका १६ सय ७७ जना सांसदले मतदान गर्नेछन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution