ओमानमा सोनाम ल्होछार २८५४ कार्यक्रम भव्यताको साथ सम्पन्न

-प्रेम बोम्जन तामाङ
तामाङ समाज ओमानले २ फेब्रुअरी २०१८ तारिख ओमान मस्कटमाआयोजना गरिएको मन्जुश्री सम्बत २८५४ सोनाम ल्होछार तामाङ समाजका अध्यक्ष राम तामाङको सभा अध्यक्षतामा र प्रमुख अतिथि नेपाल राजदूत ओमानका महामहिम शर्मिला पराजुली ढकालको रहेको थियो | त्यसै गरि बिशेष अतिथि गैरआवासीय नेपाली संघका केन्द्रिय सचिव डि बि क्षेत्री रहेको थिए |अतिथिहरुमा आमन्त्रित कलाकार चर्चित सेलो तथा दोहोरी गायक डि बि लोप्चन तामाङ, गायिका लक्ष्मी स्याङ्तान तामाङ , हास्य कलाकार दिनेश काफ्ले र ओमानमा रहेका संघसस्थाका अध्यक्षहरु अतिथिमा रहेको थिए ।
कार्यक्रममा स्वागत मन्तव्य महासचिव तेजबहादुर तामाङ राख्नु भएको थियो भने शुभकामना मन्तव्य समाजका सदस्य कृष्ण तामाङले राख्नु भएको थियो र प्रमुख अतिथि राजदुत महामहिम शर्मिला पराजुली ढकालले देशका सबै भाषा धर्म संस्कृति पर्व कुनै एक जातिको नभएर हामी सबै नेपाली हो भन्दै सोनाम ल्होछारको अवसरमा शुभकामना दिनु भएको थियो।
त्यसै गरि स्वागत नित्य तामाङ समाजका सदस्य सीता तामाङले गर्नु भएको थियो। चर्चित सेलो तथा दोहोरी गायक डि बि लोप्चन तामाङले सेलो देखि दोहोरी गीत गाएर पुरै हल तताएको थियो भने सेलो म्हेन्दो माया गीत गाएर लक्ष्मी स्याङ्तानले पुरै दर्सकलाई नचाएको र हास्य कलाकार दिनेश काफ्लेले केपि ओलिको भेषमा र अन्य व्यक्तिको क्यारिकेचर गर्दै पुरै दर्सकलाई हसाएका थिए | त्यसै गरि स्थानीय कलाकारले भरिपुर्ण मनोरञ्जन दिएको थियो र कार्यक्रम सफल पर्नुको लागि स्पोन्सर गर्नु भएको थियो एसियन एक्सप्रेस मानी एक्सचेञ्ज। ahmed abubakar al zubidi र यर अराबियले नेपाल आउनु जानू लक्की ड्रको लागि टिकट उपलब्ध गर्नु भएको थियो |उक्त उपहार सुभाग्य अधिकारीले पाउनु सफल भयो र एसियन एक्सप्रेस मनी एक्सचेञ्जले राखिएको लक्की ड्रमा ६ जानले पाउनु भएको थियो भने ओमानमा रहेका बिशेष ब्यक्तिहरुले पनि कार्यक्रम सफल पर्नुको निम्ति अर्थिक सहयोग गर्नु भएको थियो।
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष राम तामाङले कार्यक्रम सफल पर्नु अर्थिक भौतिक नैतिकले सहयोग गर्नु हुने सबैलाई धन्यवाद तथा ल्होछारको शुभकामना दिदै कार्यक्रमको अन्त्य गर्नु भएको थियो।
कार्यक्रम संचालक बिनोद बल तामाङ र अनिता तामाङले गर्नु भएको थियो |