हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

अनलाइन मार्फत नै शेयर खरिद गर्न पाउने,आवेदनमा ‘सिआस्बा’ अनिवार्य, कसरी भर्ने ?

आगामी फागुन ११ गतेदेखि सार्वजनिक सेयर निश्कासनमा सिआस्बा प्रणाली अनिवार्य गरिने भएको छ। सिडिएस एण्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सिआस्बा अनिवार्य गर्नका लागि सबै तयारी पुरा भएको छ।

हालसम्म ४५ वटा बैंक तथा वित्तीय संस्थाहरुले सिआस्बा सेवा प्रदान गर्नका लागि स्वीकृति लिइसकेको न्यौपानेले जानकारी दिए। यसअघि माघ ९ गतेदेखि नै सिआस्बा अनिवार्य गर्ने भनिए पनि धितोपत्र बोर्डको निर्देशनपछि रोकिएको थियो।

सम्पूर्ण रुपमा बैंक तथा वित्तीय संस्थाहरु आवद्ध नभइसकेको भन्दै बोर्डले संख्यात्मक रुपमा वृद्धि गरेर मात्रै अनिवार्य गर्न निर्देशन दिएको थियो। न्यौपानेका अनुसार थप अन्य बैंक तथा वित्तीय संस्थालाई यसमा आवद्ध गराउनका लागि पनि परामर्श भइरहेकाले फागुन ११ गतेसम्म अझै बढ्नेछ।

सिडिएस एण्ड क्लियरिङले सिआस्बामा आवद्ध सबै बैंक तथा वित्तीय संस्थाहरुलाई सम्पूर्ण शाखाबाट सेवा प्रदान गर्न सकुर्लर गरिसकेको जनाएको छ। ‘सबै शाखाबाट सिआस्बा सेवा दिन आवद्ध संस्थाहरुलाई सर्कुलर गरेका छौँ’ न्यौपानेले भने।

सिआस्बा अनिवार्य भइसकेपछि एक सातामै बिक्री प्रवन्धकले प्राथमिक निश्कासनको बाँडफाँड गर्न सक्ने उनले बताए। हाल विभिन्न कम्पनीको आइपिओ तथा एफपिओ खुलेको एक महिनामा मात्रै बाँडफाँड हुने गरेको छ।

‘यसबाट आवेदन दिनेको डिम्याट खाता भेरिभाइ भइसकेको हुन्छ, त्यसकारण प्रोसेसिङ लामो हुँदैन’ उनले भने ‘एक सातामा सहजै बाँडफाँड गर्न सकिन्छ।’

सिआस्बा अनिवार्य लागू भइसकेपछि लगानीकर्ताले घरमै बसेर आइपिओ, एफपिओ तथा हकप्रदका लागि आवेदन दिन सक्नेछन्। यो प्रणाली अनिवार्य भइसकेपछि सेयर आवेदनमा कागजी प्रक्रिया पूर्ण रुपमा अन्त्य भएको मानिनेछ।

न्यौपानेका अनुसार सिआस्बा अनिवार्य गरिएपछि परम्परागत प्रक्रियाबाट अर्थात सिआरएन नम्वर नभएका आवेदन लिइने छैन। लगानीकर्तालाई पनि सम्वन्धित खाता भएको बैंकमा गई सिआरएन नम्वर लिन उनले आग्रह गरे।

सिडिएससीका अनुसार अब खुल्ने कुनै पनि संस्थाको आइपिओ तथा एफपिओमा यही प्रणालीबाट मात्रै आवेदन दिइनुपर्नेछ।

सिआस्बामार्फत कसरी भर्ने सेयर आवेदन ?

यसअघि नै लागू भएको आस्बा प्रणालीको विकसित रुप सिआस्बा हो। ‘एप्लिकेसन सपोर्टेड बाई ब्लक एमाउन्ट’लाई छोटो रुपमा आस्बा भन्ने गरिन्छ। त्यसैको अगाडि सि अर्थात ‘सेन्ट्रलाइज्ड’ थपिएर ‘सिआस्बा’ भएको हो।

यस प्रणालीबाट आवेदन दिइसकेपछि तोकिएको रकम बैंक खातामै ब्लक हुन्छ भने आवेदन एकीकृत भई विक्री प्रवन्धकले पाउँछ। विक्री प्रवन्धकले आवेदन पाएपछि उसले डिम्याट खाता रुजु गरिरहनु पर्दैन। अर्थात यदी डिम्याट खाता गलत भएमा सफ्टवेयरले आवेदन नै लिँदैन।

यस प्रणालीमार्फत आवेदन दिनका लागि लगानीकर्ताले सबैभन्दा पहिले आफ्नो खाता भएको बैंकमा गई सि.आर.एन. अर्थात रजिस्ट्रेसन नम्वर लिनु पर्दछ। सो नम्वर लिइसकेपछि सिआस्बाको भौचर भरेर बैंकका कर्मचारीको सहयोगमा वा आफैले इन्टरनेटका माध्यमबाट आवेदन गर्न सकिनेछ।

आफैले इन्टरनेटका माध्यमबाट आवेदन गर्नका लागि सिआरएन नम्वर लिएर पुनः डिम्याट खाता भएको कम्पनीमा गई लगानीकर्ताले आफ्नो ‘लगीन आइडी’ र ‘पासवर्ड’ लिनुपर्दछ।

आइडी तथा पासवर्ड लिइसकेपछि सेयर आवेदन खुलेका बेला इन्टरनेटको माध्यमबाट घरमै बसेर आवेदन दिन सकिनेछ। ‘मेरो सेयर’ नामको एप्लिकेसन खोलेर त्यसमा डिपी (डिम्याट खाता भएको कम्पनीको नाम), आइडी र पासवर्ड खोलेर लगइन गर्नुपर्दछ।

लगइन गरिसकेपछि आवेदकले बैंक नाम, खाता नम्वर, सिआरएन नम्वरसहितका विवरणहरु भरेर ‘सबमिट’ गर्न सक्नेछन्। यसरी आवेदन दिइसकेपछि २५ रुपैयाँ शुल्क बैंक खाताबाट कटौती हुनेछ।

 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution