प्रेमिकाको हत्या गरी कालीगण्डकीमा फाल्ने प्रेमी प्रहरी हिरासतमा

पर्वत– आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकीमा फाल्ने अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखेको छ । पर्वत जिल्लाको बिहादी गाउँपालिका वडा नम्बर –२ बर्राचौरका २३ वर्षीय प्रदिप पराजुली पक्राउ परेका हुन् ।
पराजुलीले यही माघ ५ गते बाग्लुङको जैमुनी नगरपालिका वडा नम्बर –८ बस्ने २२ वर्षीया कमला शर्माको हत्या गरी पर्वतको बिहादी गाउँपालिका वडा नम्बर –२ बउरको बाँझो खेतबाट कालीगण्डकीमा फालेको आरोप लागेको थियो । तर, मृतकको शव भने गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर –४ घुमाउनेको कालीगण्डकी किनारमा फेला परेको थियो । माघ ५ गतेदेखि हराई रहेकी कमला माघ १७ गते मृत अवस्थामा फेला परेकी थिइन् । पराजुलीले कमला शर्माको हत्या गरी कालीगण्डकीमा फालेको भन्ने वयान दिएका थिए ।
अभियुक्त पराजुलीलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा लगिएको छ । प्रहरी हिरासतमा राख्नको लागि शनिबारदेखि लागु हुने गरी दोस्रो पटक १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख दिलीप घिमिरेले जानकारी दिनुभयो ।उज्यालो मार्फत |