प्रदेश–२ को पहिलो मुख्यमन्त्री मोहम्मद लालबाबु बन्ने

मधेश केन्द्रित संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको संयुक्त बहुमत रहेको प्रदेश–२ मा फोरमका मोहम्मद लालबाबु राउत मुख्यमन्त्री बन्ने पक्का भएको छ।
आइतबार जनकपुरमा बसेको संघीय समाजवादी फोरम प्रदेश सभा दलको बैठकले संसदीय दलको नेता चयन गरेसँगै राउत प्रदेश–२ को मुख्यमन्त्री बन्ने पक्का भएको हो।