कलाकारले गरे यौनसम्पर्कको लागि प्रस्ताब राखेको आरोप , चर्चामा आउँन यसो भनेको हुन् -आयोजक

मोडल तथा नृत्यांगना प्रमिला न्यौपानेले मलेसियामा हुन लागेको एउटा कार्यक्रममा सहभागिता जनाउने क्रममा आयोजकले आफूसमक्ष यौनसम्पर्क राख्न प्रस्ताव गरेको खुलासा गरेकी छिन् । फेसबुकमा स्टाटस लेख्दै प्रमिलाले आयोजकका तर्फबाट गरिएको यौन प्रस्ताव अस्वीकार गरेकै कारण आफ्नो नाम तथा तस्बिर कार्यक्रमको पोस्टरबाट हटाइएको आरोपसमेत लगाएकी छिन् ।
प्रमिलाको आरोप छ– ‘मलाई कार्यक्रममा सहभागी बनाउने निश्चित भैसकेको थियो, पोस्टरमा पनि अन्य कलाकारसहित मेरो समेत तस्बिर थियो, तर सेक्स प्रस्ताव अस्वीकार गरेपछि कार्यक्रमको ब्यानर नै चेञ्ज गरिएछ ।’ प्रमिलाका अनुसार युनिक धमाका–७ का एक जना आयोजकले उनलाई यौनसम्पर्कको प्रस्ताव राखेका हुन् ।
प्रमिलाले आफ्नो दोस्रो स्टाटसमा आयोजक समूहसमक्ष आफ्नो जिज्ञासाको जवाफ चाहेको उल्लेख गरेकी छिन् । उनले आयोजकबाट अदालत जाने धम्की दिइएकाले आफू पनि अदालतमा उभिने बताएकी छिन् । उता आयोजक समूहका भिमसेन केसीले भने उक्त आरोपको खण्डन गर्दै प्रमिलाले घिनलाग्दो कुरा गरेको बताएका छन् । केसीको दाबीअनुसार प्रमिलाले नै चर्चामा आउन त्यस्तो आरोप लगाएकी हुन् ।