सोनाम ल्होछार २८५४ को अवसरमा ह्याङला दोलखा काठमाडौं तामाङ समाजले कार्यक्रम गर्ने

ह्याङला दोलखा काठमाडौं तामाङ समाज द्वारा यहि आउँदो माघ २७ गते काठमाडौं स्थित नवदुर्गा पार्टी प्यालेस सुकेधारा चावहिलमा सोनाम ल्होछार २८५४ नागि/खि (कुकुर वर्ग)को पावन अवसरमा शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजन गर्ने भएको छ |
कार्यक्रमा दोलखाली कलाकारहरूको जो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त हुनुहुन्छ उहाँहरूको बेजोड प्रस्तुति रहने बताएको छ |कलाकारहरु छेवाङ तेन्जिङ लामा, रामकृष्ण लो, सुबास मोक्तान, मीन योन्जन, बसन्ती लामा, निसा योन्जन ,सुकुमाया मोक्तान (नायिका, मोडल तथा चलचित्र निर्माता निर्देशक), पुर्णिमा मोक्तान (नायिका तथा मोडल), अनिता गोले (नायिका तथा मोडल), मीना लामा (कलाकार), खेम मोक्तान (मोडल तथा कोरियोग्राफर), अभि लामा (अतिथि कोरियोग्राफर तथा मोडल), राजु लामा (कलाकार तथा चलचित्र निर्माता), गोप्पीलाल गोले तामाङ (नायक, मोडेल, निर्देशक तथा निर्माता), कुईसाङ रुम्बा तामाङ (वरिष्ठ कलाकार), सुवाङ मोक्तान (मोडल) आदि थुप्रै दोलखाली कलाकारहरुको आकर्षक नृत्य, अभिनय तथा कला प्रदर्शन गर्ने भएका छन् |
साथै दोलखा जिल्लाबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रत्यक्ष तथा समानुपातिक सांसदमा जननिर्बाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रम रहेको जानकारी तामाङअनलाइनलाई प्राप्त भएको छ |