नेपाल तामाङ घेदुङ केन्द्रको ल्होछार कार्यक्रम मनाउने सम्बन्धि पत्राचार
याम्बु – नेपाल तामाङ घेदुङ केन्द्रले यसपालीको सोनाम ल्होछार २८५४ खि/नागि ल्हो (कुकुर बर्ग) कृषि लोथो पात्रोअनुसार २०७४ फागुन ४ गते परेकोमा ल्होछार इभ लगायतको कार्यक्रम संचालन गर्ने सम्बन्धमा आफ्नो मातहतका प्रदेश ,प्रवास,जिल्ला तथा स्थानीय समितिहरुलाई पत्राचार गरेको छ |
नेपाल तामाङ घेदुङ/सोनाम ल्होछार मुल समारोह समितिले नजिकिदै गरेको खि/नागी ल्होको स्वागत तथा ज्या ल्होको बिदाइको अवसरमा सवै तामाङ संघ/संस्थाहरुलाइ निम्नानुसारको कार्यक्रम गर्न गराउन हुन अनुरोध गर्ने निर्णय भए अनुरुप पत्राचार गरिएको छ । पत्र अनुसार भब्य र सभ्य रुपमा कार्यक्रम सम्पन्न गर्नहुन अनुरोध छ ।