किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा आयोजित सांगीतिक कार्यक्रम सफल पार्न अपिल

इजरायल । किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा हुन लागेको सॉगीतिक सॉझ कार्यक्रम सफल बनाउन आयोजकले सबैमा अफिल गरेको छ।
किरात याक्थुङ चुम्लुङ इजरायल तथा नेपाल मगर संघ इजरायल, ह्योल्मो समाज इजरायल र किरात राई यायोख्खा इजरायलको सह-आयोजकत्वमा उक्त च्यारिटी हुन लागेको हो। मार्च १६ तारिख २०१८ शुक्रबार हुने उक्त च्यारिटीमा नेपाल आइडलका सागर आले र उपेन्द्र सुब्बा तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ।
असहाय, अपाङ्गता तथा जेहन्दार बालबालिकाहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आइरहेको किरात याक्थुङ चुम्लुङ इजरायल कल्याणकारी कोषलाई वृद्धि गर्दै लैजाने उदेश्यले उक्त च्यारिटीको आयोजना गरिन लागेको हो। इजरायलमा रहेका विभिन्न संघ-संस्था, राजनीतिक दल, मिडियाकर्मी साथै इजरायलवासीलाई उपस्थित भएर कार्यक्रमलाई सफल बनाउन आयोजकले सबैमा अपिल गरेको छ।