सँझ्या साहित्यमा गुञ्जिए विप्लव, दिप्स् र जेनन

सँझ्या साहित्य माघ महिनाको शृंखलामा कवि विप्लव ढकाल, दिप्स् शाह र जेनन नेपालले कविता वाचन गरेका छन्। ओम ज्ञान मन्दिर स्कुल भक्तपुरमा आयोजित कार्यक्रममा तीन कविले नयाँ पुराना गरी आठ÷आठ वटा कविता वाचन गरेका हुन्।
प्रत्येक महिनाको दोस्रो शनिबार आयोजना हुने शृंखलामा हरेक कवि पहिलो चरणमा चार, दोस्रोमा तीन र तेस्रो चरणमा एक÷एक वटा कविता वाचन गर्न प्रचलन रहेको छ।
कार्यक्रममा कवि विप्लव ढकालले विप्लव ढकाल ‘कलधारामा पानी आयो’, ‘तिमी आएपछि’, ‘सिलिकन सुन्दरी’, ‘बाबा एक सपना’, ‘अन्तिम बेन्चबाट’, ‘भ्यागुताको बिहे’ र ‘सेक्सी चुनरी झ्याप्प झ्याप्प’ शीर्षकका कविता वाचन गरेका थिए।
त्यस्तै कवि दिप्स् शाहले ‘जोइटिङ्ग्रे’, ‘मान्छे’, ‘तिमी स्वाभिमान बुझ्दैनौँ’, ‘ए नरिसाउनु ल’, ‘सम्बन्धको अवसान हुनअघि’ लगायतका कविता वाचन गरेकी थिइन्।
अर्का कवि जेनन नेपालले, ‘परिभाषा’, ‘यथास्थिति’, ‘अविचलित प्रेम’, ‘दाजु तिमी गाएपछि’, ‘देश’, ‘सदाबहार रुट’ र ‘कति कुरुप हुन सकेका कविताहरु’ लगाएतका कविता वाचन गरेका थिए।
तीनै कविका कविताले समकालीन नेपालको समाजिक–राजनीतिक दूरावस्था चित्रण गरेका छिन। त्यस्तै वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभाव, देशप्रेम आदिको चित्रण पनि कवितामा भएको छ।