हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

अमेरिकामा डा. गणेश योन्जन र अमृत योन्जन सम्मानित

-एनपी परदेशी 

दुई अभियन्ता डा गणेश योन्जन र अमृत योन्जनलाई अमेरिकामा सम्मानित गरिए । तामाङ को-अपरेशन सोसाईटी अफ क्यालिफोर्नियाले हालै एक कार्यक्रमको आयोजना गरी योन्जनद्वयलाई सम्मान गरेको हो । जापानका लागि नेपालको पुर्व राजदूत डाक्टर गणेश योन्जन जनजाति आन्दोलनका अभियन्ता हुन् भने अमृत योन्जनलाई तामाङ भाषाविदका रुपमा अभियन्ता मानिन्छ । गत जनवरी १३ र १४ मा न्यूयोर्कमा सम्पन्न पहिलो उत्तर अमेरिकी तामाङ सम्मेलनमा भाग लिन योन्जनद्वय नेपालबाट अमेरिका अाईपुगेका हुन् ।

सोसाईटीका अध्यक्ष कुमार दोङको अध्यक्षतामा सम्पन्न भएको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा सोसाईटीका सल्लाहकारहरु, सदस्यहरु लगायत अन्य समुदायका प्रतिनिधीहरु उपस्थित थिए । सोसाईटीका संस्थापक रत्तु लामाले स्वागत मन्तब्य राखे भने सल्लाहकार बिध्यासागर योन्जनले अतिथी योन्जनद्वयबाट तामाङ समुदायमा भएको महत्वपुर्ण योगदानको चर्चा गरे । नेपाल जानजाति महासँघ, क्यालिफोर्नियाका अध्यक्ष देव किराँत राईले मन्तब्य राख्ने क्रममा जानजातिको मुद्दा शसक्त ढंगबाट अघि बढाउँन तामाङ जातिको योगदानको प्रशंसा गर्दै जनजाती एकताको पक्षमा जोड दिए । युवा गोविन लोप्चनले सँचालन गरेको उक्त कार्यक्रममा तामाङ सोसाईटी अफ उत्तर अमेरिकाको वरिष्ठ उपाध्यक्ष शेर लामा पनि उपस्थित थिए ।

डाक्टर गणेश योन्जन प्रमुख अतिथी तथा अमृत योन्जन बिशेष अतिथी रहेको कार्यक्रममा तामाङहरुको भाषिक र राजनीतिक अवस्था सन्दर्भमा अन्तरक्रिया समेत गरिएको थियो । भाषाविद अमृत योन्जनले नेपालमा तामाङ भाषा र अन्य भाषाको स्थान, भाषाको जन्म, बिस्तार र लोप बारेमा बिचार प्रस्तुती राखेका थिए । यसैगरी डाक्टर गणेश योन्जनले मन्तब्यको क्रममा अझै पनि राज्यको तर्फबाट तामाङहरुका साथै सिँगो जनजाति नै बिभेदमा रहेकोले मुद्दा नसकिएको बताए । प्रश्नोत्तरको समयमा रत्तु लामा, पुनम शाक्य, रोशन सुब्बा, बिनोद तामाङ लगायतले राखेका जिज्ञासा तथा प्रश्नहरु उपर योन्जनद्वयले प्रष्ट पारेका थिए ।

अध्यक्ष दोङले सहभागी सबैलाई सहयोगको लागि धन्यबाद ब्यक्त गर्दै अगामी फेब्रुअरी २१ तारिक सोनाम ल्होछार साँझको निम्तो सहित कार्यक्रम समापनको घोषणा गरे ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution