हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

तामाङ समाज युएईको आयोजनमा सोनाम ल्होछार २८५४ भव्यताको साथ सम्पन्न

“तामाङ समाज यूएईको शान, तामाङ सांस्कृति, तामाङ पहिचान” भन्ने मुल नाराको साथ आयोजित उक्त कार्यक्रमको सभापति समाजका अध्यक्ष महेश मोक्तान, प्रमुख अतिथि नेपाल आदिबासी जनजाति महासंघ यूएईका अध्यक्ष पासाङ रिन्जी शेर्पा, विशेष अतिथिहरुमा नेपाल तामाङ घेदुङको केन्द्रिय सचिव रामकृष्ण ब्लोन, नेपाल तामाङ विद्यार्थी घेदुङकी सचिव इन्द्र माया तामाङ, नेपाल आदिबासी जनजाति महासंघ यूएईका प्रमुख संरक्षक तथा निबर्तमान अध्यक्ष डेरराज गुरुङ, नेपाली समाज युएईका अध्यक्ष सिपि सापकोटा, नेपाली सोसल क्लवका अध्यक्ष सालिक सुवेदी, तामाङ समाज युएईका भूपू सल्लाहकार तथा भूपू एनआरएन आईसिसि सदस्य बिमल तामाङ लगायत विभिन्न जातीय, राजनीतिक दल, जिल्लागत, तथा सामाजिक संघसंस्थाहरुका प्रतिनिधिहरु अतिथि रहेका थिए ।

बौद्ध धर्म परम्परा अनुसार लामागुरु नविन लामाले पाठपुजा गरि सुरू भएको औपचारिक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथिले (छ्युमि) दिपप्रज्वलन गर्नुभई औपचारिक उट्घाटन गर्नुभएको थियो । समाजका महासचिव सनिल घिसिङले स्वागत मन्तव्य राख्दै नेपाल तामाङ घेदुङबाट प्राप्त ल्होछारको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । विशेष अतिथिद्वय रामकृष्ण ब्लोन र डेरराज गुरूङले शुभकामना मन्तव्य राख्दै तामाङ समुदायको सांस्कृतिक, सामाजिक तथा राजनैतिक महत्वको बिषयमा चर्चा गरेका थिए । त्यस्तै प्रमुख अतिथि पासाङ रिन्जी शेर्पाले आफ्नो शुभकामना सन्देशमा सोनाम ल्होछारको तिथि/मितिको बिबादलाई अन्त्य गरी तामाङ जातिले मान्ने मन्जुश्री पात्रो अनुसार सोनाम ल्होछार पर्ब मनाउनु पर्ने ब्यक्त गरेका थिए । यस बर्ष सोनाम ल्होछारको अबसरमा यूएईमा तामाङ समाज लगायत बिभिन्न संघ-संस्थाहरूले ४ वटा ठूला कार्यक्रमहरूको आयोजना गरेकोमा सिंगो तामाङ समाज एकदमै हर्षित भएको र राष्ट्रिय पर्ब सोनाम ल्होछारलाई तामाङहरूले मात्र नभई यूएईमा बस्ने अरू नेपाली समुदायहरूले पनि मनाउनु पर्ने र त्यस कार्यकमा समाजको तर्फबाट पूर्ण सहयोग रहने भन्दै अध्यक्ष तथा कार्यक्रम सभापति महेश मोक्तानले सोनाम ल्होछार २८५४ खि ल्हो को शुभकामना ब्यक्त गरेका थिए ।

नेपालबाट पाल्नु भएका अतिथि कलाकारद्वय सेलोगायक फुलकुमार बम्जन र म्हेन्दोमाया गायक रोशन फ्युबालाई तामाङहरूको मौलिक सेलो तथा म्हेन्दोमाया गीतसंगीत क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मानपत्र वितरण गरेको थियो । समाजसंग लामो समय देखि आबद्धभई प्रवासमा आफ्नो समुदायका लागि गरेको योगदानको कदर गर्दै आबुधाबी क्षेत्रबाट बिरू वाईबा र सोनु थोकर, दुबई क्षेत्रबाट कृष्ण मोक्तान र ज्ञान बहादुर लामा र केन्द्रबाट भिम दोङ र कर्मा लामालाई Star Member of the Year 2017 बाट सम्मान गरिएको थियो । त्यस्तै, उपाध्यक्ष सुरेन्द्र थिङ र महासचिब सनिल घिसिङलाई समाजको बिशिष्ट सम्मान President’s Honour 2017 बाट सम्मानित गरेको थियो । नेपाल तामाङ घेदुङका सचिव रामकृष्ण ब्लोन र नेपाल विद्यार्थी घेदुङकी सचिव इन्द्रमाया तामाङलाई पनि सम्मानपत्रले सम्मान गरेको थियो ।

सांस्कृतिक कार्यक्रममा अतिथि कलाकारहरु फुल कुमार बम्जन र रोशन फ्युबाले आफ्नो आधा दर्जन जति चर्चित सेलो तथा म्हेन्दोमाया गीतहरू गाएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । उक्त कार्यक्रममा प्रगतिशील कलाकार संघ यूएईका कलाकारहरू, प्रवासमा रहेर लामो समय देखि नेपाली तथा सेलो गीत संगीतलाई निरन्तरता दिदै आएका कलाकारहरू प्रवेग दोङ, सन्दिप ग्याबा तामाङ, सोम तामाङ, डिबि समर्पण, प्रख्यात तामाङ, रोसनी स्याङबो, सन्ध्या सुस्केरा, उर्ग्रेन दोङ, हरि मोक्तान, तामाङ चलचित्रका नायक बिजय थोकर लगायत स्थानीय कलाकारहरुले तामाङ सेलो तथा नेपाली गीत संगीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रम संचालन समाजका उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ र सचिब बसन्ती दोङले गरेको थियो । कार्यक्रमलाई नमस्ते ट्राभल्स, हमालय ट्राभल्स, फिसटेल ट्राभल्स, भोजपुर हातेमालो समाज यूएई, निशान वाईबा, तास लामा, प्रबिन स्याङबो, राम तामाङ, एभरेष्ट एयर कन्डिसनिङले प्रायोजक गरेको थियो । तामाङ भोईस, शैलुङ अनलाईन र तामाङ अनलाईन मिडिया पार्टनर रहेको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution