पोर्तुगलमा चितवनकी चेतकुमारी तामाङको सडक दुर्घटनामा मृत्यु

पोर्तुगल सडक दुर्घटनामा बिहिबार बिहान एक नेपाली युवतीको मृत्यु भएको छ । दुर्घटनामा थप ७ जना घाइते भएका छन् । बिहान काम गर्ने ठाउँतिर जादै गर्दा पानी परेका कारण गाडी अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ ।
करिब २४ /२५ वर्षीया चेतकुमारी तामाङको घटनास्थलमै मृत्यु भएको छ । मृतक तामाङ चितवनकी हुन् । घाइतेहरुको सेतुबाल अस्पतालमा उपचार भैरहेको घटनास्थल पुगेका एक नेपालीले जानकारी दिएका छन् ।
गाडी चालक एक पञ्जावी थिए । दुर्घटना विहान ७:४५ बजे भएको थियो । कामदारहरु नेपालीको क्यापासीटी कम्पनीमा काम गर्दथे । दुर्घटना पेगोईस सोल्माइरोसमा भएको थियो । श्रोत- नमस्तेनेपाली |