तामाङ समुदाय ल्होछार मनाउने तिब्र तयारीमा, १ सय २० भन्दा बढि संस्थाहरु आवद्ध

-सन्चु ब्लोन तामाङ
माघ–११, याम्बु । आउँदो फागुन ४ गते परेको राष्ट्रिय सोनाम ल्होछार २८५४ मनाउने तयारीलाई तामाङ समुदायले तिब्र पारेका छन् । नेपाल तामाङ घेदुङको संयोजकत्वमा बनेको राष्ट्रिय सोनाम ल्होछार मुल समारोह समितीको आज बसेको बैठकले विभिन्न उपसमितीहरु बनाएर तिन दिन काठमाडौंमा विविध कार्यक्रम आयोजना गरी ल्होछार भब्य रुपमा मनाउने तयारी गरेको मुल समारोह समितीका संयोजक तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले जानकारी दिनुभयो । विविध झाँकिसहितको र्यालि, प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा मुलसमारोह गर्ने तयारीकासाथै तामाङ मौलिक भेषभुषा, खानालगायतको प्रदर्शनी र चर्चित तामाङकलाहरुो प्रस्तुतिसहितको सास्कृतिक कार्यक्रमको तयारी भएको संयोजक गोलेले जानकारी दिनुभयो । जसका लागि आज तामाङ घेदुङ प्रचार विभाग प्रमुख जगत दोङको संयोजकत्वमा प्रचारप्रसार र संस्कृति घेदुङको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम उपसमिती बनाइएको छ ।
ल्होछार मुल समारोह समितीले सोनाम ल्होछारको प्रवद्र्धन, हाम्रो सांस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान भन्ने नारासाहित ल्हाछोर फागुनको ३, ४ र ५ गते तीन दिन मनाए पनि मुख्य ल्होछारको दिन ३ गते विषेश कार्यक्रम हुने समितीले जनाएको छ । यसअघि मुल समारोह समितीले नेपाल सरकारको विक्रम सम्वत अनुसारको पात्रोमा ल्होछारको लागि दिइएको विदा तामाङले मान्ने मन्जुश्री तत्व ज्योतिष पात्रो अनुसार नमिलेको भन्दै सार्न सरकारलाई गरिएको आग्रह गरिएो थियो । सरकारले विदा नसारेपनि आफुहरुको पहलले आगमि दिनहरुको कुनै पनि दुविधा नहुने गरी अगाडि बढ्ने वातावरण बनेको घेदुङका अध्यक्ष गोलेले बताउनुभयो । अबका दिनमा मन्जुश्री पात्रो तामाङ नागरिकको घरघरमा पुर्याउने गरी पहल गर्न तथा आएका विवाद समाधानका लागि भएका छलफल तथा बहसहरुले मार्ग प्रशस्त गरेको भन्दै तामाङ घेदुङले नेपाल पन्चांगलाई समावेसी बनाउने अभियानकासाथ दबाब जारी राख्ने जनाएको छ ।
मुल समारोह समितीमा घेदुङसहित लोकतान्त्रिक तामाङ संघ, तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपाल तामाङ संघ, तामाङ सहायता समाज ल्होज्याङ, म्हेन्दो माया युवा समाज, तामाङ सन्चार समुह, तामाङ डाजाङ, नाङसाल क्लब नेपाल, समेलेङ न्हान, समाखुशी तामाङ परिवार, ओखलढुंगा ह्याङला तामाङ समाज, ओम तामाङ सुखदुख गुठि, कोकोम्हेन्दो सामाज, सि नेपाल, छ्योर्तेन टासि तामाङ गुम्बा, नेपाल तामाङ गान्बागान्सुम रिमठिम, तामाङ समाज सुधार, छिङदोजि परिवारलगायत गरी १ सय २० भन्दा बढि सस्थाहरु आवद्ध छन् |