कुवेतमा पाँचथरका देउमान तामाङको हृदयघातका कारण निधन
जनवरी २४ कुवेत l कुवेतमा लामो समय देखि अल्मुल्ला कम्पनीको सेक्युरिटी डिपार्टमेन्ट अन्तर्गत जि फोर एस(G4S)प्रोजेक्टमा सेक्युरिटीमा कार्यरत पाँचथरका देउमान तामाङको कार्यस्थलमै हृदयघातका कारण निधन भएको छ।
मृतक देउमानका मेनेजर सानु महर्जनका अनुसार आज जनवरी २४ तारिक बिहान कार्यस्थलमा बेहोस भएर ढलेपछि उपचारको लागि अस्पतालमा लैजाने क्रममा डाक्टरले मृत घोषणा गरेका थिए l
मृतकको बारेमा कम्पनीलेनै परिवारलाइ खबर गरिसकेको र नेपाली दुतावास मार्फत कानुनी प्रक्रिया पुरा गरेर चाडो भन्दा चाडो नेपाल पठाउनको लागि प्रक्रिया सुरु भैसकेको जानकारी प्राप्त भएको छ l श्रोतका अनुसार शवलाइ फर्वानिया अस्पतालमा राखिएको छ l
मृतक देउमानका परिवारमा श्रीमती, एक छोरा र एक छोरि रहेको छन भने श्रीमती पनि दुबाईमा कार्यरत रहेको छिन् l श्रिमानको मृत्युको खबरले सोकाकुल भएको उनि भोलिसम्ममा नेपाल फर्कने तयारीमा रहेको जानकारी प्राप्त भएको छ|
-परदेशी खबर