हेटौडाको गुम्बामा बृहत विस्वशान्ति महायग्य पूजा र सोनाम ल्होछार २८५४ सम्पन्न
राजेश रुम्बा तामाङ
नेपाल अहिंसावादी वौद्ध धर्म विश्वशान्ति चक्र सँघ र श्री डोदोङ्ग छ्योइलिङ्ग गुम्बा सँरक्षण समिति हेटौँडा महानगरपालिका वडा नं १९ नेवरपानी मकवनपुरको सँयुक्त आयोजनामा बुद्ध वाचन महाप्रग्या म पारामिता ग्रन्थ पाठ तथा बृहत विस्वशान्ति महायग्य पूजा र सोनाम ल्होछार २८५४ माघ ८ गतेका दिन बिशेष संस्कृतिक कार्यक्रम मकवानपुर जिल्ला हेटौडा महानगरपालिका वडा नं १९ नेवरपानीमा अवस्थित डोदोङ्ग छ्योइलिङ्ग गुम्बामा समपन्न भएको छ ।
हेटौंडा महानगरपालिकाका उप मेयर मीना लामाको प्रमुख आतिथ्य तथा बिशेष अतिथि प्रमुख धर्म गुरु खेन्पोला पेमा सम्बा लामा, हेटौडा महानगर पालिका वडा नं १९ का वडा अध्यक्ष नवराज सुबेदी लगाएत बिभिन्न सँघ सस्थाका पदाधिकारिको अतिथ्यताम सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सभापतित्व सो गुम्बाका आध्यक्ष श्री बिर ब.मुक्तनले गर्नु भएको थियो भने सोे कार्यक्रममा चितवन,काभ्रे,नुवाकोट लगाएतका जिल्लाहरुबाट पनि उलेखिया श्रदालु भक्तजनहरुको उपस्थिति रहेको थियो । सो क्रम्म स्थानिय कलाकारहरुले आ आफ्नो बिजोड प्रस्तुति देखाएका थिए ।
बिभिन्न जिल्लाबाट उपस्थिति जनाउनु भइ कार्यक्रमलाई सफल पार्दिनु भएकोमा सम्पुर्ण श्रदालु भक्तजन प्रति कृत्यग्यात जनाउनु हुँदै धर्म प्रति जसरि समरप्रति हुनु भएको छ सोको प्रतिफल भगवान बुद्धले दिनु हुनेमा ढुक्क हुन र धर्म कर्ममा लाग्न सो गुम्बका प्रमुख लामा सोइनम दोर्जे लामाले सम्पुर्ण भक्तजनलाई अनुरोध गर्नु भएको थियो ।
कार्यक्रम होइसेल दोर्जे लामाले संचालन गर्नु भएको थियो ।