हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

जापानको नगोयमा सोनाम ल्होछार २८५४ भव्यताको साथ सम्पन्न (फोटोहरु सहित)

सञ्जय तामाङ ( मेन्दोला )- जापान नागोय ,नेपाल तामाङ समाज जापान च्युबु क्षेत्रीय समिती नगोयले बिगत बर्षहरुमा झै यसपाली पनि नगोय कोकुसाइ सेन्टर हलमा भब्य २८५३ ज्या ल्होलाई बिदाइ गर्दै २८५४  खि ल्हो (कुकुर) सोनाम  ल्होछारलाई स्वागत गर्दै बृहत सांस्कृतिक कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ |

संस्थाका अध्यक्ष रकम लामा तामाङको सभापतित्वमा रहेको उक्त कार्यक्रमको एनआरएनए जापानका पुर्ब अध्यक्ष एवम वर्तमान    एसियान प्यसिफिक उपसम्योजक तथा नगोय क्षेत्रका सफल युवा ब्यबसयी परसमणी पोखरेलको प्रमुख अतिथ्य,बिशेष अतिथीहरु पूर्व अध्यक्ष एवम प्रमुख सल्लहकार सुर्य  बहादुरथिङ तामाङ्, तामाङ समाज जापानका केन्द्रिय अध्यक्ष कुमार मोक्तान तामाङ, अतिथीहरुमा शेर्पा संघ जापानका अध्यक्ष पेम्बा शेर्पा , नेपाल मगर संघ  जापानका अध्यक्ष गंगा घर्ती मगर,किराँत याक्थुङ चुम्लुङ जापानका अध्यक्ष सुमन लिम्बु , तमु धि जापानका अध्यक्ष शिवराम गुरुङ ,धादिङ तोकाइ समाजका अध्यक्ष प्रमिला तिम्ल्सिन , एनआरएनए तोकाइ होकुरिकुका उपसम्योजक दिलिप राण मगर ,एनआरएनए जापानका सल्लाहकार दिपक घिमिरे लगायत च्युबु आसपास  मिएकेन्,गिफुकेन्, टोयाट शि शहर र आइची नगोयबाट ल्होछारप्रेमीहरुको बाक्लो उपस्थितिमा आपसी सद्वभाब र शुभकामना आदानप्रदान  गरिएको थियो |

तामाङ जातिको भाषा, धर्म, संस्कृति र भेषभुषा जगेर्ना गर्ने उदेश्यले भएको कार्यक्रममा लामागुरु दावा शेर्पाले पाठपुजा गरि औपचारिक कार्यक्रमको सुरुवात गर्नु भएको थियो ।  कार्यक्रममा सुरुवात नेपालको राष्ट्रिय गान र तामाङहरु जातिको  राष्ट्रिय गान गाएर कार्यक्रमको उद्घाटन गरेको  थियो ।

कार्यक्रममा नेपाल तामाङ समाज जापान च्युबु क्षेत्रीय समिती पूर्वसचिब एवम सल्लाहकर ग्यापक कर्मा दोङ तामाङ्ले स्वागत मन्तब्य राखेको थियो । अधिकांश वक्ताहरुले तामाङ समुदायको एकतामा जोड दिएका थिए । पछिल्लो चरण तामाङ समुदाय भित्र विभिन्न बहानामा समुदायलाई फुटको संघारमा पुर्याउने तत्वहरुसंग सबै सजक हुनुपर्नेमा सबै वक्ताहरुले जोड दिएका थिए |

जापान मै रहेर लामो समय देखि गीत संगीतलाई निरन्तरता दिदै आएका नेपाल तामाङ समाज जापान च्युबु क्षेत्रीरी समिती नगोयले टोक्यो मै रहेर संगीतलाई अगाडी डो-र्याइ रहेका टाशी लामा, बिश्व लामा  र पूर्ण लामा तामाङले कार्यक्रममा जोडदार प्रस्तुति राखेर मनोरंजन दिएका थिए | त्यसैगरी कलाकारहरु कर्मा दोङ तामाङ, छबी लामा तामाङ,रजिब लामा,जित ग्लन , असिश लामा डिम्दुङ्, थ्री ब्रदर्स ब्यन्ड ,जनक थोकर्,शान्ति लामा, समिर तामाङ्, मर्सङ तामाङ्, प्रख्यात तामाङ,लगायतका स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहेको थियो भने कार्यक्रम संचालन नेपाल तामाङ समाज जापान च्युबु क्षेत्रीय समिती नागोय सचिब सञ्जय तामाङ ( मेन्दोल) ले औपचारिक  र वरिष्ठ महिला उपाध्यक्ष शान्ति लामा कुशलतापुर्वक संचालन गरेका थिए |

उक्त कार्यक्रम गयाक कर्मा दोङ तामाङ्ले आफ्नो पछिल्लो गित चौबन्धिको तुनामा,आफ्नो आधा दर्जन जति सेलो गीत र अन्त्यमा  धादिङ रसुवा र नुवाकोट तिरको इतिहसिक लोक नृत्य म्हेन्दोमाया गीतमा नाँचेर  दर्शकहरुलाई म्हेन्दो माया कलाकारहरुको विजोड प्रस्तुतिले माहोल थप उत्साहजनक भएको थियो |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution