हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

इजरायलमा सोनाम ल्होछार २८५४ भव्यताको साथ सम्पन्न,कलाकारहरु सम्मानित

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायल द्वारा तामाङ जातिको महान राष्ट्रिय धार्मिक तथा साँस्कृतिक पर्व सोनाम ल्होछार २८५४ नागि / खि  ल्हो (कुकुर बर्ग) को शुभआरम्भमा आयोजित सोनाम ल्होछार साँस्कृतिक साँझ २०१८  तेलअविव इजरायलमा भव्यताको साथ सम्पन्न भएको छ |

संस्थाका अध्यक्ष माया तामाङ (दिप्मा) को सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली दुतावास इजरायलका महामहिम राजदुत निरन्जन कुमार थापा , बिशेष अतिथिहरु लामा धार्मिक गुरु  थुप्तेन योन्जन तामाङ,नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष नयन इमासोङ लिम्बु, एनआरएनए इजरायलका  प्रवक्ता डोमा शेर्पा ,अन्तराष्ट्रिय तामाङ परिषद्का केन्द्रिय सदस्य सुन्दर सिंह लामा तामाङ (इजरायल), नेपाल तामाङ घेदुङ इजरायलका संस्थापक अध्यक्ष उर्मिला लामा पाख्रिन तामाङ,भूपू अध्यक्ष तथा संरक्षक बी बी लामा तामाङ,प्रमुख सल्लाहकार कल्पना मोक्तान तामाङ,नेपालबाट आमन्त्रित कलाकारहरु विश्व दोङ तामाङ,टिका बम्जन तामाङ र सुमन घले, अतिथिहरुमा इजरायल स्थित जातीय संस्था,राजनीतिक,सामाजिक , धार्मिक र अनलाइन मिडियाकर्मीहरु रहेका थिए |

लामा धर्मगुरु थुप्तेन योन्जन तामाङ द्वारा बौद्धधर्मअनुसार पाढ़पूजाका साथ आरम्भ गरेको कार्यक्रम नेपाली राष्ट्रिय गानको गुन्जन संगै सुरु गरिएको थियो |

कार्यक्रममा संस्थाका तृतीय उपाध्यक्ष माला योन्जन तामाङले उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै स्वागत मन्तव्य राख्नु भएको थियो |

कार्यक्रम संयोजक वरिष्ठ उपाध्यक्ष नानीनाया योन्जन तामाङ सोनाम ल्होछार पर्वबारे जानकारी दिनु हुदै यसपाली सोनाम ल्होछार २८५४ फागुन ४ गते परेतापनि ल्होछारको पावन अवसरको शुभआरम्भमा १९ जनवरी तारिखमा मै इजरायलमा सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमको आयोजन गरेको बताएकी थिईन् |

शुभकामना मन्तव्यमा संस्थाका भुतपुर्व अध्यक्ष तथा वर्तमान संरक्षक बी बी लामा तामाङले सोनाम ल्होछारको शुभआरम्भको अवसरमा देशबिदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुको सुख,शान्ति,सम्बृद्धि र उत्तरोतर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नु भएको थियो | वहाँले इजरायल स्थित दुईवटा संस्थालाई एकता गरी एकै ठाउँमा ल्होछार मनाउने  गरेको पहल सबै बुँदाहरुमा दुवै संस्थाका वार्ता द्वारा मिलाई सकेपनि अन्तमा अर्को संस्थाले धोका दिएको कारण संस्था एकता सम्भव नभएको बताउनु भएको थियो | साथै इजरायलमा मात्र एकैदिनमा दुईवटा ल्होछार कार्यक्रम भएको नभएर प्रवासको अन्य मुलुकमा पनि एकैदिनमा २/३ वटा कार्यक्रम भईरहेको बताउनु हुदै यसलाई अन्यथा सोच्नु नपर्ने बताएको थियो |

 

शुभकामना मन्तव्यमा अन्तराष्ट्रिय तामाङ परिषद्का केन्द्रिय सदस्य सुन्दर सिंह लामा तामाङ (इजरायल)ले ल्होछारको शुभकामना दिनु हुदै ताम्सालिङ प्रदेश प्राप्तिको लागि सम्पूर्ण तामाङ एक हुनु जरुरि रहेको र | ताम्सालिङ प्रदेश  नभए सम्म राज्यले प्रदान गर्ने अधिकारहरु  तामाङ समुदायले प्राप्त गर्न नसक्ने बताउनु भएको थियो |

शुभकामना मन्तव्यको क्रममा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष नयन इमासोङ लिम्बुले सकेसम्म प्रदेशमा र नभए स्वायत् क्षेत्रमा भएपनि आदिवासी जनजातीको मात्रुभाषालाई सरकारी कामकाजको भाषामा प्रयोगमा आउनुपर्ने बताउनु भएको थियो |

एनआरएनए इजरायलका प्रवक्ता डोमा शेर्पाले ल्होछारको शुभकामना व्यक्त गर्नु हुदै इजरायलमा तामाङहरुको दुईवटा संस्था रहेकोमा छिटै एकता होस् भन्ने कामना गरेकी थिईन् |

यसैगरि शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि नेपाली दुतावास इजरायलका महाममहिम राजदुत निरन्जन कुमार थापाले प्रवासमा रहेर पनि आफ्नो जातिको मौलिक परम्पराको पर्व सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम  भव्यताको साथ मनाएकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्नु भएको थियो | साथै वहाँले राज्यले पनि सबै जातजातिको मौलिक पर्वलाई राष्ट्रिय पर्वको रुपमा बिदा दिएर मान्यता प्रदान  गरी सकेको बताउनु भएको थियो |

नेपालबाट आमन्त्रित कलाकारहरुले कार्यक्रममा जोडदार प्रस्तुति राख्नु भएर मनोरंजन दिनु भएको थियो भने इजरायल स्थित कलाकारहरुले गीत र निर्त्यहरु प्रस्तुत गरेका थिए | इजरायल घेदुङको ल्होछार कार्यक्रममा पहिलोपटक रसुवाको कलाकारहरु समुहगत रुपमा स्याब्रु नाँच प्रस्तुत गरेका थिए |


कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार कल्पना मोक्तान तामाङलाई  प्रवासभुमि इजरायलबाट  तामाङ जातिको भाषा ,धर्म ,भेषभुषा र संस्कृतिलाई प्रवर्धन र संरक्षण गर्ने कार्यमा योगदन पुर्याउनु भएकोमा दोसाल्ला ओढाई सम्मान पत्र प्रदान गर्दै सम्मानित गरेका थिए | यसैगरि नेपालबाट आमन्त्रित कलाकारहरु बिश्व दोङ तामाङ , टिका बम्जन तामाङ र सुमन घलेलाई सांगीतिक क्षेत्र मार्फत तामाङ जाति एवंम्  नेपाली भाषा तथा संस्कृतिको  बिकास,सम्बर्धन र संरक्षण गर्ने कार्यमा योगदान पुरयाउनु भएकोमा सम्मान पत्र प्रदान गर्दै सम्मानित गरेको थियो |

यसैगरी संस्थाका सल्लाहकार कान्छी घिसिङ तामाङलाई लामो समय देखि संस्थाको विभिन्न पदमा आसिन भई आर्थिक भौतिक रुपमा सहयोग पुर्याउनु भएको सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए |

कार्यक्रममा गीत र निर्त्य प्रस्तुत गर्नु भएका इजरायलवासी कलाकारहरुलाई वहाँहरुको प्रतिभाको कदर गर्दै प्रशंशा पत्र प्रदान गरेका थिए |

कार्यक्रमको अन्तमा संस्थाका अध्यक्ष तथा कार्यक्रमको सभापति माया तामाङ (दिप्मा)ले प्रवास भूमि इजरायलमा तामाङ मौलिक पहिचान ,संस्कार-संस्कृति,भाषा ,धर्म कला साहित्य लिपि चाड पर्ब परम्परा, भेष भुषाको संरक्षण,सम्बर्धन र विकासको क्रमलाई निरन्तर दिदै संस्था द्वारा आयोजित सोनाम ल्होछार २८५४ कार्यक्रमलाई सभ्य र भव्यताको साथ सम्पन्न गर्न उपस्थित सम्पूर्ण महानुभावहरुलाई  र  कार्यक्रम सफलता पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु भएका सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो |

कार्यक्रमको सहसंयोजकमा प्रथम उपाध्यक्ष अनिता तामाङ र सांस्कृतिक कार्यक्रमको संयोजक पेमा पाख्रिन तामाङले गरेकी थिईन् |

कार्यक्रम संस्थाका महासचिव गोमा ख्युङबा तामाङ (शरिन),उपमहासचिव अनिला मोक्तान तामाङ र उपाध्यक्ष सिता घिसिङ तामाङले कुशलतापुर्वक संचालन गरेका थिए |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution