सोनाम ल्होछार २८५४ को लागि गायिका इन्द्रिरा गोले र कृष्ण वाइबा बेल्जियम पुगे

तामाङअनलाइन – तामाङ जातीको महान धार्मिक तथा साँस्कृतिक पर्व सोनाम ल्होछार २८५४ खि/नागि ल्हो (कुकुर वर्ग)को पावन अवसरमा तामाङ समाज बेल्जियम द्वारा यहि आउँदो २० जनवरी २०१८ (शनिबार) Ortolanenstraat 6,3010 Kessel-lo Leuven मा आयोजित सोनाम ल्होछार विविध साँस्कृतिक कार्यक्रमको लागि नेपालबाट आमन्त्रित कलाकार इन्दिरा गोले तामाङ र कृष्ण वाइबा तामाङ बेल्जियम पुग्नु भएको तामाङ समाज युरोपका संयोजक बाबु राजा लामा तामाङले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |
कलाकार द्वयलाई स्वीजरल्याण्डका समाजसेवी एवंम् एनआरएनए का महिला संयोजक शुभ ईलमार लामा तामाङले लुभेन सम्म साथै लिएर आएकी थिइन् |
बेलुका ५ बजे देखि सुरु हुने कार्यक्रममा उपस्थित हुनाको लागि बेल्जियममा रहनु भएका तामाङ ज्यो ज्यो आले तथा नानाभुरिङ लगायत ल्होछारप्रेमी नेपालीहरुमा उपस्थितको लागि तामाङ समाज बेल्जियमले हार्दिक निमन्त्रणा गरेको छ |