सोनाम ल्होछार २८५४ को लागि गायक हेम वाइबा र गायिका बबिता पाख्रिन कुवेत पुगे

कुवेत । नेपाल तामाङ घेदुङ कुवेतले आउँदो १९ जनवरी २०१८ (शुक्रबार) गरिएको सोनाम ल्होछार तथा साँस्कृतिक कार्यक्रममा सहभागीता हुनाको लागि चर्चित म्हेन्दो माया गीतको सर्जक गायक तथा संगीतकार कलाकार हेम वाइबा तामाङ र सेलो गायिका बबिता पाख्रिन तामाङ कुवेत पुगेका छन् |
कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा वहाँहरुको स्वागतको लागि नेपाल तामाङ घेदुङ कुवेत लगायत कुवेतमा कृयाशिल नेपाली सँघसंस्थाका प्रतिनिधिहरुले पुष्पगुच्चा र खादा लगाई भब्य स्वागत गरिएको थियो ।
कुवेतको हवाली शहर स्थित बोय स्काउट थियटर हलमा बिहान ११ बजेबाट सुरुहुने सोनाम ल्होछार कार्यक्रममा कलाकार हेम वाइबा तामाङ र बबिता पाख्रिनको साथमा नेपाल तामाङ घेदुङ कुवेत कलाकारहरुको धमाकेदार प्रस्तुति रहने नेपाल तामाङ घेदुङ कुवेत बताएको छ |