पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा दिया चापागाईं

तेलअविव – मातृभूमिका लागी पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन १२ जनवरी २०१८ (शुक्रबार) सम्पन्न भएको छ | अधिवेशन द्वारा दिया चापागाईंलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ। अन्य पदाधिकारीहरुमा क्रमश: वरिष्ठ उपाध्यक्ष कुसुम कुमाल,उपाध्यक्ष ज्योति शर्मा,महासचिव हिरा श्रेष्ठ,कोषाध्यक्ष नारायण गौडेल , सदस्यहरुमा शान्त सुवेदी,रमा जोशी,राधा जोशी,मन्जु गुरुङ,सुशीला हमाल,सरस्वती लामिछाने चयन भएका छन् |
संस्थाका सल्लाहकारमा नरेन्द्र क्षेत्री,ओवी भुषाल र रामचन्द्र पौडेल रहेका छन् | सल्लाहकार नरेन्द्र क्षेत्रीलाई संरक्षक तथा अन्तराष्ट्रिय समन्वय संयोजक र अन्तराष्ट्रिय समन्वय सहसंयोजकमा ज्योती शर्मा छिन्।