हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

इजरायल–भारत सम्बन्धमा नयाँ युगको थालनी

भारत भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री वेन्जामिन नेतन्याहुले भारतसँग केही महत्वपूर्ण सम्झौता गरेपछि सोमबार सञ्चारकर्मीसँग दिएको प्रतिक्रियामा इजरायल–भारत सम्बन्धमा नयाँ युगको थालनी भएको बताउनुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको कुराकानीपछि नेतन्याहुले भन्नुभयो, “हामीले आज दुई मुलुकबीच नयाँ सम्बन्धको शुरुवात गरेका छौँ ।”

प्रधानमन्त्रीका रूपमा सन् २०१७ को जुलाईमा इजरायलको भ्रमण गरेका पहिलो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि नेतन्याहुले उक्त कुरा बताउनुभएको हो ।

इजरायल र भारतबीच कुटनीतिक सम्बन्ध स्थापना भएको २५ बर्ष भएपनि अहिले आफ्नो भ्रमणबाट विशेष उपलव्धि भएका उहाँको ठहर थियो ।

नेतन्याहु विगत १५ बर्षयता इजरायली प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुनुहुन्छ । नेतन्याहुले उहाँकी धर्मपत्नीसहित १३० सदस्यीय इजरायली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । इजरायली नेतासँग भ्रमणमा आएको यो सवैभन्दा ठूलो व्यापारिक प्रतिनिधिमण्डल भनी बताइएको छ ।

टोलीमा प्रविधि, कृषि तथा प्रतिरक्षा मामिला हेर्ने व्यापारिक क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ ।

नेतन्याहु र मोदीबीचको भेटले अमेरिकी पहलमा संयुक्त राष्ट्रसङ्घको महासभामा जेरुसेलमलाई इजरायलको मान्यता दिने प्रस्तावमा भारतले विरुद्धमा मतदान गर्ने निर्णयपछि भारतसँग ‘असन्तुष्ट’ देखिएको इजरायलसँगको तनाव पनि मथ्थर भएको देखिएको छ । भारत र इजरायलले आजै साइबर सुरक्षा तथा उर्जा बिषयमा महत्वपूर्ण सम्झौता गरेका छन् ।

इजरायल भारतमा हतियार आपूर्ति गर्ने मध्येको एक महत्वपूर्ण राष्ट्र हो । भारतले इजरायलबाट बार्षिक एक अर्ब बराबरको सैनिक हतियार तथा अन्य सामग्री निर्यात गर्दै आएको छ ।

यसैबर्ष पनि भारतले सतहबाट सतहमा आक्रमण गर्नसक्ने १३१ क्षेप्यास्त्र किन्ने घोषणा गरेको थियो । तर नयाँ दिल्लीले प्यालेष्टिनीहरूका कारण इजरायलसँगको सम्बन्धलाई सन्तुलित गर्न देशभित्र ठूलो दवाव रहेको छ । नेतन्याहु छ दिनको भारत भ्रमणका शिलशिलामा आइतबार नयाँ दिल्ली आउनुभएको हो ।

नेतन्याहुको भ्रमण भारत र इजरायलबीच दुईपक्षीय प्रतिरक्षा तथा व्यापारिक सम्बन्धमा सुधार ल्याउने बिषयमा केन्द्रित  हुने       बताएको  समाचार न्युज२४ नेपालमा  छ ।

विदेश मामिला मन्त्री शुषमा स्वराजले पनि नेतन्याहुलाई आइतबार नै भेट्नुभएको थियो भने प्रधानमन्त्रीले आफै विमानस्थल पुगी उहाँलाई स्वागत गर्नुभएको थियो ।

सोमबार नेतन्याहुले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेट्नुभएको छ ।

इजरायली प्रधानमन्त्री तथा उहाँकी धर्मपत्नी मङ्गलबार ऐतिहासिक ताजमहलको भ्रमण गर्नुहुनेछ भने मोदीको गृहनगर गुजरातमा पुग्नुहुनेछ ।

भ्रमणका क्रममा इजरायल र भारतबीच प्रतिरक्षा, नवीकरणीय उर्जा लगायतका क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौताको घोषणा गर्ने कार्यक्रम महत्वपूर्ण रहेको इजरायलका विदेशमन्त्रालयका उप–महानिर्देशक गिल कोहेनले बताउनुभयो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution