शेर्पा संघ दक्षिण कोरियाले ग्याल्पो ल्होसार सांस्कृतिक गर्ने

कोरिया । शेर्पा संघ दक्षिण कोरियाले कोरियन नयाँ वर्ष (सलनाल) फेब्रुअरी १६ तारिक साँझ नेपालीको मौलिक पर्व स.फो.खिलो २१४५ औं ग्याल्बो ल्होसार सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रमको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष शेर साङबो शेर्पाले ग्याल्बो ल्होसारको अर्थ र महत्वको बारेमा प्रष्ट पारेका थिए । परापूर्वकालदेखी यस ग्याल्बो ल्होसार पर्व नेपालमा विशेषगरी हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले मनाउँदै आएपनि वर्तमान नेपालको संविधानले राष्ट्रिय पर्वको रूपमा मान्यता दिइसकेकाले अबको दिनहरूमा ग्याल्बो ल्होसार कुनै जाति विषेशको मात्र पर्व हो भन्नु गलत भएको तर्क गरे । यो पर्व सबै नेपालीले हर्षोल्लासका साथ आपसी सदभाव बढाउन विश्वभरी दिल खोलेर मनाउन सकिने बताउँदै प्रवासमा रहेर पनि बिभिन्न कार्यब्यस्तता र समय अभावका बावजूत पनि शेर्पा संघले ग्याल्बो ल्होसार कार्यक्रम आयोजना गर्न लागिरहेको अध्यक्ष शेर्पाले बताए ।
पत्रकार सम्मेलनमा आदिवासी जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष पावन चामलिंग राई लगायत अन्य बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु उपस्थित थिए । सन २०१८ फेब्रुअरी १६ तारिकको साँझ आयोजना हुने कार्यक्रममा कोरियामा क्रियाशील संघसंस्था र नेपालीहरुको उत्साहजनक सहभागीता रहने आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा स्थानीय डिजेले बिभिन्न गीत संगीत बजाउनेछन् भने स्थानीय बहु प्रतिभाशाली कलाकारहरूको बिभिन्न प्रस्तुतिले उपस्थितलाई भरपुर मनोरञ्जन दिने महासचिव रिंजी नावाङ शेर्पाले बताए । शेर्पा संघले प्रचारप्रसारको कामलाई पनि तिव्रता दिन शुरु गरेको छ ।
कार्यक्रम फेब्रुअरी १६ तारिकको साँझ ७ बजेदेखी विहान ५ बजेसम्म सौल साङदुगु वाङसीपरी हुनेछ ।