जापानमा सोनाम ल्होछार २८५४ भव्यताको साथ मनाउने

काठमाडौं । तामाङहरुको मुख्य चाँड ‘सोनाम ल्होछार’ २८५४ खि ल्हो कुकुर वर्गको ल्होछारको अवसरमा हरेक वर्ष झै यो बर्ष पनि नेपाल तामाङ समाज जापानले मनाउने भएको छ ।
हाम्रो साँस्कृतिक अभियान,ताम्सालिङ प्रदेशको स्थापना,राष्ट्रको साँझा’ भन्ने मुल नाराका साथमा २८५३ ज्या ल्हो चरा वर्गलाई बिदाई र २८५४ नागि/खि ल्हो कुकुर वर्गलाई स्वागत गर्दै सुख,शान्ति, समवृदृि, सुस्वास्थ तथा उत्तरोत्तर प्रगतिको कामाना सँगै बृहत साँस्कृति कार्यक्रम गर्न लागेको हो। कार्यक्रमको लागि अमेरिकामा बस्दै आएका चर्चित सेलो गाएक संजोक योन्जन तामाङ र स्थानीय कलाकारहरुको साथमा कार्यक्रमलाई भव्य,सव्य र सफल बनाउनने योजना बनाएका छन् ।
जापानको जुनसुकै ठाँउमा छरेर बस्नु भएको सम्पुर्न तामाङ दाजुभाई दिदीबहिनिहरुलाई आयोजक संस्था नेपाल तामाङ समाज जापानले आउदै गरेको २०१८ जनवरी २८ आईतबारको दिन नेरिमा बुङ्ख सेन्टर टोकियोमा हुन लागिरहेको हुदा उपस्थितिको लागि आयोजक संस्थाले हार्दिक अनुरोध गरिएको छ।