नेपाल तामाङ घेदुङ साउदी अरबले १६ फेब्रुअरीमा सोनाम ल्होछार २८५४ मनाउदै

नेपाल तामाङ घेदुङ, प्रवास शाखा साउदी अरबले सदाका वर्षहरुमा झैँ यस वर्ष पनि हिमाली महायानी बौद्ध धर्मावलम्बीहरुको साझा एवम महान नेपाली राष्ट्रिय धार्मिक-साँस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार (मन्जुश्री सम्वत) २८५४ खि/नागी ल्हो (कुकुर वर्ग) को पावन अवसरमा यहि आउँदो ख्रे-ला छेपागी अर्थात १६ फेब्रुअरी २०१८ तदानुसार २०७४ फागुन ४ गते शुक्रवारका दिन जेद्धाको बनि मलिक स्थित Yellow Lemon Restaurant & Party Hall मा चर्चित स्थानीय कलाकारहरुको विविध साँस्कृतिक प्रस्तुति सहित “सोनाम ल्होछार साँस्कृतिक समारोह”को आयोजना गर्ने भएको छ |
जेद्धा तथा आसपासका क्षेत्रमा रहनु हुने दाजुभाई तथा दिदीबहिनीहरुलाई गरिमामय उपस्थितिको निम्ति नेपाल तामाङ घेदुङ,
प्रवास शाखा साउदी अरबले सादर आमन्त्रण गरेको छ ।