इजरायलमा श्री स्वस्थानी फूलपाती बिसर्जन तथा महाशिवरात्री कार्यक्रम हुदै


तेलअविव – ॐ जन जागरण नेपाल साखा इजरायल अभियानको आगामी २ फेब्रुअरी २०१८ का दिन श्री स्वस्थानी फूलपाती बिसर्जन तथा महाशिवरात्री कार्यक्रम आयोजना गर्ने भएको छ ।
राष्ट्र, राष्ट्रियता स्वाभिवान र मौलिकधर्म संस्कार सम्बर्धनको अभियान द्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान भन्ने मूल नाराका साथ धर्म परिवर्तनमा रोक लगाउने बिशेष अभियानका साथ आगाडी बढिरहेको धार्मिक सस्था ॐ जनजागरण नेपाल अभियान इजरायलले ,स्वस्थानी फूलपाती बिसर्जन तथा महाशिवरात्री कार्यक्रममा भब्यरुपमा गर्ने तयारी गरि रहेको छ ।
भागवत वाचक ख्यातिप्राप्त गुरु राष्ट्रीय धर्म अनुष्ठान बिभाग प्रमुख -बिश्वहिन्दु परिषद नेपालका आचार्य श्री बिष्णु प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा सुसम्पन हुने छ । उक्त श्रीस्वस्थानी फूलपाती बिसर्जन तथा महाशिबरात्री पुजा भव्यताका साथ मनाइने भएको छ |
हिन्दु धर्मालम्बीहरुको बिशेष धार्मिक पर्व श्रीस्वस्थानी तथा माहाशिबरात्रीको अवसरमा आयोजना गरिने बृहत धार्मिक प्रवचनमा इजरायलवासी सम्पूर्ण नेपाली दाजु-भाई दिदी बहिनीहरु तथा विभिन्न राजनीतिक,धार्मिक,जातीय,सामाजिक संघ-संस्थाहरु,मिडिया कर्मीहरु लगायत जति पनि इज़रायलमा कार्यरत हुनुहुने सम्पूर्ण धार्मिक मनहरुलाई गरीमामय उपस्थित जनाई आध्यात्मिक लाभ लिनु हुन आयोजकले हार्दिक अपिल गरेको छ।
संस्थाले भोलिपल्ट शनिवार ३ फेब्रुअरी २०१८ का दिन गुरु आचार्य श्री बिष्णु प्रसाद ज्ञवालीको साथमा इजरायलको रमणीयस्थल मृतसागर साथै वेतलेखेम र अन्य मनोरञ्जनात्मक स्थलको भ्रमण गरिने संस्थाकी महासचिव गौरी माया सुबेदीले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |
« लमजुङमा घलेले ल्होसार मनाउदै (Previous News)