काभ्रे सेवा समाज मलेसियाले मृगौला पीडित भोज कुमार दोङ तामाङलाई आर्थिक सहयोग

मलेसियामा नवगठित काभ्रे सेवा समाज मलेसियाले मृगौला पीडित काभ्रे तेमाल चोपटार निवासी भोज कुमार दोङ तामाङलाई सहयोग अभियान संचालन गरी संकलित नेपाली रु. १,५३,४२५ (एक लाख त्रिपन्न हजार चार सय पच्चीस ) प्रदान गरेको छ | अभियानबाट उठेको रकम मिर्गौला पिडितलाई संस्थाका कोषाध्यक्ष पासाङ तामाङले हस्तान्तरण गरेको हो |
अभियानलाई सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनका धनीहरुलाई काभ्रे सेवा समाज मलेसियाले धन्यवाद व्यक्त गरेको छ ।