हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

न्यूयोर्कस्थित ट्रम्प टावर’मा आगलागी, दुईजना घाइते

न्यूयोर्क, पुस २५ । अमेरिकाको न्यूयोर्कस्थित ट्रम्प टावरको छानामा सोमबार आगलागी भएको अमेरिकी अग्नी नियन्त्रण विभागले जनाएको छ ।

आगो निभाउने क्रममा दुईजना सामान्य घाइते भएका विभागले बताएको छ ।

स्थानीय समय अनुसार बिहान ७ बजे भवनमा तैनाद गुप्तचर सेवाका सदस्यले न्यूयोर्कको मिड टाउन म्यानह्याटनमा रहेको ५८ तले गगनचुम्बी भवनको छानाबाट आगोको मुस्लो निस्केको देखेपछि स्थानीय अग्नी नियन्त्रण विभागमा जानकारी गराएका थिए ।

अग्नी नियन्त्रण अधिकारीले तत्काल सेवा प्रवाह गरेका म्यानह्याटन क्षेत्रका प्रशासन प्रमुख रोगर डब्लु साकोविचले आगलागी नियन्त्रण गरिएपछि पत्रकार सम्मेलनमा बताए ।

न्यूयोर्कको ‘फिफ्थ एभेन्यु’मा रहेको उक्त भवनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङटन जानुपूर्व ट्रम्प र उनको परिवारका अन्य सदस्य बस्दै आएका थिए । टावरमा आगलागी हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टनमा नै छन् ।

विभागले तत्कालै अग्नी नियन्त्रणका लागि एक समूह पठाई एकघन्टा भित्रमा नै आगानियन्त्रणमा लिएको थियो भने आगलागी भएको तलालाई वातानुकुलित बनाएको जनाएको छ । घटनामा एक अग्नी नियन्त्रकसहित एक इन्जिनियर सामान्य घाइते भएको बताइएको छ ।

‘ट्रम्प अर्गनाइजेसन’का उपप्रमुख तथा राष्ट्रपति ट्रम्पका छोरा एरिक ट्रम्पले आगलागीबारे ट्वीटरमा लेखेका छन्, ‘भवनको माथिल्लो तलामा रहेको ‘कुलिङ टावर’मा सानो विद्युतीय समस्या आएको तर अग्नी नियन्त्रण अधिकारीले आगलागी भएको केही मिनेटभित्र पुगेर यसलाई नियन्त्रण लिएका थिए ।’
उनले अग्नी नियन्त्रकलाई समयमै पुगी भवनमा थप क्षति हुनबाट जोगाएको भन्दै प्रशंसा गरेका छन् । (रासस/सिन्ह्वा)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution