ल्होछार तिथी विवाद ,पात्रो वा क्यालेण्डर सम्बन्धमा – सरोज मोहन लामा तामाङ

मेरो अहिलेसम्मको जानकारी अनुसार विभिन्न श्रोतहरुको धेर थोर सो अध्ययन र बुझाईबाट मुख्यत तीन किसिमको पात्रो वा क्यालेण्डर विश्वमा प्रचलनमा आईरहेका देखिन्छन्, भिटिदो रहेछ ।
तर ज्योतिष शास्त्र अनुसार पात्रो विशेष त दुई किसिमबाट निर्माण हुँदो रहेछन् वा निर्माण भएका देखिन्छन् । जुन यस प्रकार छन् ः
(१) सुर्यको गतिको आधारमा सौर्य ज्योतिषशास्त्र अनुसार ः– सौर्य/सोलार पात्रो वा क्यालेण्डर ः
यस पात्रो अनुसार ३६५ दिनको एक वर्ष मानेको देखिन्छन् । पृथ्वीले सुर्यलाई एक फन्को मार्दा ३६५ दिन लाग्दछ । त्यसैको आधारमा सुर्य अथवा सौर्य/सोलार पात्रो अनुसार ३६५ दिनको एक वर्ष मानी विभिन्न तिथिमिति तोक्दै पात्रो निर्माण गरिएको पात्रोलाई सुर्य वा सौर्य वा सोलार पात्रो भनिएको हो । यस पात्रो अनुसार सामान्यतय ३० दिनको एक महिना मान्छन् ।
(२) चन्द्रमाको गतिको आधारमा चन्द्र ज्योतिषशास्त्र अनुसार ः– चन्द्र/लुनार पात्रो वा क्यालेण्डर ः यस पात्रोलाई मञ्चुश्री पात्रो पनि भनिन्छ । यस पात्रो अनुसार ३५४ दिनको त कतै कतै ३५४.३७ दिनको एक वर्ष हुन्छ भनी मानेकोे देखिन्छ । भने २९.५ दिनको एक महिना मान्छन् । यसै पात्रोलाई चीनमा हाल आधुनिक पाश्चात्य ग्रेगोरियन क्यालिण्डर वा पात्रो पनि भन्ने गरिन्छ । त्यस्तै परम्परागत लुनार क्यालेण्डर वा पात्रो पनि भनिन्छ । विशेष त नेपाल, भारत र चीन देशमा यसै पात्रोलाई ठाउँ विशेष रुपमा चन्द्र पात्रो, मञ्चुश्री पात्रो लुनार क्यालेण्डर वा पात्रो, कारची भनिएको देखिन्छ ।
त्यस्तैगरी बौद्घ ज्योतिषशास्त्र अनुसार पनि दुई किसिमकै पात्रोहरु विश्वमा चलन चल्तीमा रहेछन्, हुँदो रहेछन् वा निर्माण भएका देखिन्छन् । बौद्घ ज्योतिषशास्त्रलाई चिनीयाँ तिब्बतीय भाषामा ज्याङची/ज्युङची भनिन्छ । यस शास्त्र अनुसार निर्माण भएको दुई किसिमका पात्रोहरु यस प्रकार छन् ः
(१) कारची ः
चिनीयाँ तिब्बतीय भाषामा ‘कार’ भनेको ‘कालो’ र ‘ची’ भनेको ‘पात्रो’ हो । यो पात्रो विशेष त चिन देशमा प्रचलन भईआई अन्य मुलुकमा फैलिएको देखिन्छ । चिनीयाहरु कुनैपनि धार्मिक कार्य शुरु गर्दा कालो बस्त्र धारण गर्ने गर्दछन् । यस पात्रो चन्द्र÷लुनार पात्रोसँग मेल खान्छन् ।
तर पछि पछि तिब्बत देशमा त्यही कारची पात्रो भारतीय खगोल तथा ज्योतिष शास्त्र श्रीकालचक्र तन्त्रमा आधारित गरी निर्माण गरिएको देखिन्छ । त्यसैले त्यहाँ ३६० दिनको एक वर्ष र ३० दिनको एक महिना मानिएको हुन्छ, देखिन्छ ।
(२) नाग्ची ः
चिनीयाँ तिब्बतीय भाषामा ‘नाग’ भनेको ‘सेतो’ र ‘ची’ भनेको ‘पात्रो’ हो । यो पात्रो विशेत त भारत देशमा प्रचलन भईआई अन्य मुलुकमा फैलिएको देखिन्छ । भारतीयहरु कुनैपनि धार्मिक कार्य शुरु गर्दा सेतो बस्त्र धारण गर्ने गर्दछन् ।
विश्वमा प्रचलनमा आईरहेका मुख्य तीन किसिमका पात्रो यस प्रकार छन् ः
१. सुर्य वा सौर्य वा नाक्ची वा सोलार पात्रो/क्यालेण्डर ः सुर्यको गतिको आधारमा सौर्य ज्योतिषशास्त्र अनुसारको ः– सौर्य/सोलार पात्रो वा क्यालेण्डर निर्माण भएको हुन्छ । यस पात्रो अनुसार ३६५ दिनको एक वर्ष भनी मानेको देखिन्छन् । पृथ्वीले सुर्यलाई एक फन्को मार्दा ३६५ दिन लाग्दछ । त्यसैको आधारमा सुर्य अथवा सौर्य/सोलार पात्रो अनुसार ३६५ दिनको एक वर्ष मानी विभिन्न तिथिमिति, प्रतिपदा आदि तोक्दै पात्रो निर्माण गरिएको पात्रोलाई सुर्य वा सौर्य वा सोलार पात्रो भनिएको हो ।
२. चन्द्रमाको गतिको आधारमा चन्द्र ज्योतिषशास्त्र अनुसारको ः– चन्द्र/लुनार पात्रो वा क्यालेण्डर ः यस पात्रोलाई मञ्चुश्री पात्रो पनि भनिन्छ । यस पात्रो अनुसार ३५४ दिनको त कतै कतै ३५४.३७ दिनको एक वर्ष हुन्छ भनी मानेकोे देखिन्छ । भने २९.५ दिनको एक महिना मान्छन् । यसै पात्रोलाई चीनमा हाल आधुनिक पाश्चात्य ग्रेगोरियन क्यालिण्डर वा पात्रो पनि भन्ने गरिन्छ । त्यस्तै परम्परागत लुनार क्यालेण्डर वा पात्रो पनि भनिन्छ । विशेष त नेपाल, भारत र चीन देशमा यसै पात्रोलाई ठाउँ विशेष रुपमा चन्द्र पात्रो, मञ्चुश्री पात्रो लुनार क्यालेण्डर वा पात्रो, कारची भनिएको देखिन्छ ।
३. विक्रम सम्बत् पात्रो/क्यालेण्डर ः चन्द्र पात्रोको कम र सौर्य पात्रो धेरै चिजको मिश्रित रुपमा निर्माण गरिएको पात्रो वा क्यालेण्डर नै विक्रम सम्बत् पात्रो हो । यसलाई भारतीय खगोल तथा ज्योतिष शास्त्र अनुसार निर्माण गरिएको पात्रो पनि भनिन्छ । अनि श्रीकालचक्र तन्त्र परम्पराको पात्रो पनि भनिन्छ भने चिनीय तिव्बतीयन भाषामा यसै पात्रोलाई कारची पनि भनिन्छ । ‘कार’ भनेको ‘सेतो’ अनि ‘ची’ भनेको ‘पात्रो’ हो । यस पात्रो अनुसार नेपालमा चलिआएको ३६५ दिनको एक वर्ष हो भने तिब्बतीयन कारची अनुसार ३६० दिनको एक वर्ष भनेर मान्छन् भनी उल्लेख गरिएको पाईन्छ ।
नेपालमा यस पात्रोको प्रचलन राणशाषनकालमा सन् १९०१ देखि लागु गरेको देखिन्छ । भारतका राज विक्रमातित्यको नामबाट यो सम्बत्को नाम राखेको देखिन्छ ।
अब विवादको मुल चुरो ः
माथी चर्चा गरेको विभिन्न किसिमका विभिन्न नामधारी पात्रोहरुको आधारबाट सोनाम र ग्याल्पो ल्होछार दुबै समग्रमा चन्द्र पात्रो/मञ्चुश्री पात्रो/लुनार क्यालेण्डर वा पात्रो/कारची वा चन्द्रमासमा आधारित पात्रोकै आधारमा मानिन्छ । तर सोही पात्रो बमोजिम दुबै ल्होछार मानिएता पनि फेरि एक सौर्य वर्ष वा सौर्यमास बमोजिम एक वर्ष हुन ३६५ दिनलाई नै मुख्य आधार मानिन्छ सबै पात्रोले ।
त्यसोहुँदा ः कुनै पात्रो ३५४ दिनको एक वर्ष मान्ने अनुसार २९.५ दिनको एक महिना मान्दा १२ महिना वा एक वर्षमा ३५४ दिन हुन्छ, तर ३६५ दिन पुग्न ११ दिन अपुग हुन्छ एक वर्षमा । सोही बमोजिम अपुग दिन वर्षैपिच्छे जम्मा हुँदै जुन दिन २९.५ दिन वा सोभन्दा बढी ३० दिन अर्थात एक महिना बराबरको दिन जम्मा हुन्छ त्यही साल वा वर्ष चन्द्र अधिकमास वर्ष जोडिन्छ । त्यसै वर्ष वा साललाई चन्द्र अधिकमास वर्ष वा लुनार लेप ईयर वा मलमास परेको वर्ष भनेर भन्ने गरिन्छ । २९.५ दिनको एक महिना मान्ने पात्रो अनुसार चन्द्र अधिकमास वर्ष वा लुनार लेप ईयर वा मलमास परेको वर्ष करिब २.७ वर्षमा हुन्छ । यसरी सधै साविकको तिथी वा मितिमा पर्ने सोनाम ल्होछार चन्द्र अधिकमास वा लुनार लेप ईयर वा मलमास परेको वर्ष करिब ३० दिन अर्थात एक महिना पर सरेको हुन्छ । किनभने ३० दिन वा एक महिना थप हुन्छ मलमास परेको वर्षमा । त्यसैले यसपाला सोनाम ल्होछार माघ ४ बाट फागुन ४ गते परेको हुनसक्छ कि कसो ?
-सरोज मोहन लामा तामाङ,
[email protected]
केन्द्रिय सदस्य, नेपाल तामाङ घेदुङ