इजरायलमा नेपाली नयाँ बर्ष “नेपाल आइडल बिजेता” टोली सहित भव्यताको साथ मनाउने,प्रेस मिट हुदै

तेलअविव – नेपाली नयाँ बर्ष २०७५ को पावन अवसरमा गैरआवासिय नेपाली संघ (एनआरएनए) इजरायल द्वारा आउँदो १३ अप्रिल २०१८ (शुक्रबार)नेपाल आइडल सांगीतिक साँझ २०७५ सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
नेपाल आइडलका विजेता बुद्ध लामा,फस्ट रनरअप निशान भट्टराई , सेकेण्ड रनरअप प्रताप दास र नेपाल आइडलका उत्घोषक सुशील नेपालको टिम सहित इजरायल आउने भएको एनआरएनए इजरायलका प्रवक्ता डोमा शेर्पाले तामाङअनलाइनलाई जानकारी दिनु भएकी छिन् |
इजरायलमा रहेका सामाजिक ,धार्मिक ,जातीय ,राजनीतिक ,साहित्यिक र अनलाइनमिडियाहरु सबैलाई समेटर कार्यक्रम भव्यताको साथ सम्पन्न गर्न सबै संस्थाहरुलाई सम्पर्क गरी आवाद्ध गर्न संस्थाका पदाधिकारीहरुलाई कार्य विभाजन गरी जिम्मेवारी दिएको समेत जानकारी प्राप्त भएको छ |
नेपाल आइडल सांगीतिक साँझ २०७५ को लागि अझ बृस्त्रित रुपमा जानकारी गर्नको लागि यहि आउने १२ जनवरी २०१८ (शुक्रबार)एनआरएनएको कार्यलय तेलअविव प्रेस मिटको आयोजन समेत गर्ने भएको छ |