हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

तामाङ समाज कतार द्वारा केन्द्र घेदुङको निर्णयप्रति भत्र्सना गर्दै प्रेस विज्ञप्ति

६ जनवरी २०१७ , कतार । नेपाल प्रवासी तामाङ समाज कतारले एक विज्ञाप्ति निकालेर  केन्द्र घेदुङले ढिला निर्णय गरी निकालेको अपिलप्रति भत्र्सना गरेका छन् ।  वि.स.को पात्रोमा सोनाम ल्होछार माघ चार गते लेखिएतापनि ल्हो फेर्ने दिन फागुन चार गते भएकोले घेदुङले स्वदेश तथा विदेशमा रहेका संघसंस्थालाई फागुन चार गते सोनाम ल्होछार मनाउन अपिल गरेका थिए ।

नेपाल प्रवासी तामाङ समाज कतारले आउँदो १९ जनवरी २०१८ (शुक्रबार) सोनाम ल्होछार मनाउने भएका छन् |

उक्त विज्ञाप्तीमा नेपाल प्रवासी तामाङ समाज कतारको अध्यक्ष तिर्थ थिङ तामाङ र महासचिव धिरेन कुमार तामाङले हस्ताक्षेर गरेका छन् । प्रवासी तामाङ समाजले निकालेको प्रेस विज्ञप्ति पूर्ण अंश

प्रेस विज्ञप्ति 

२८५४ आैं सोनाम ल्होछार खि/नागी ल्हो(कुकुर वर्ग) फाल्गुण ४ गते मनाउनको लागि आपिल गर्दै नेपाल तामाङ घेदुङको वर्तमान नेतृत्वकर्ताले मिति २०७४ साल पुष १८ गते निकालिएको ल्होछार सम्बन्धि अपिल पत्र प्रति नेपाल प्रवासी तामाङ समाज कतारको गम्भिर ध्यान आकर्षण भएको छ । तामाङ समुदायमा ल्हो फेर्ने माघ महिनामा र सोनाम ल्होछार पनि माघ शुक्ला पक्ष प्रदिपादाको दिन मै हुन्छ भन्ने परापूर्वकाल देखि चल्दै आएको परम्परा र मन्यता सँगै राज्यबाट मन्यता प्राप्त तामाङहरुको एक मात्र छाता सँगठन नेपाल तामाङ घेदुङको र विभिन्न जनजातिहरुको ऐतिहासिक विविध सँस्कृतिक आन्दोलन पश्चात र पुर्व नेतृत्वदया–बुद्धिजिविहरुले समेत तामाङको सोनाम ल्होछार माघ शुक्लपक्ष प्रतिपदाको दिन हो भन्ने स्पष्ट पारेर नेपाल सरकारले समेत बिभिन्न जनजातिहरुको आफ्नो जातिय पर्वलाई मन्यता दिने क्रममा बि.स. २०५१ साल माघ १३ गते तात्कालिन प्रधानमन्त्री स्वर्गीय मनमहोन अधिकारीको कार्यकालमा माघ शुक्ला पक्ष प्रतिपादाको दिनलाई तामाङहरुको महान चाड सोनाम ल्होछारलाई राष्ट्रिय पर्वको रुपमा राज्यले मन्यता दिई एक दिन सर्वजानिक विदा दिदै आईरहेको कुरा सम्पुर्ण देशबासीलाई सर्वविद नै छ ।

तर अहिले आएर वर्तमान नेतृत्वकर्ताले गरेको अपिल र सोनाम ल्होछारको पूर्व सन्ध्यामा अनावाश्यक जटिल्ता उत्पन्न गरि आम तामाङ समुदाय लाई मात्रै नभई सम्पूर्ण सोनाम ल्होछार प्रति श्रद्धा (आस्था) राख्ने जनजाति तथा देश विदेशमा रहनु हुने शुभ चिन्तकहरुमा अन्योलता श्रृजना गराई दिनुको साथै आफनो चाडपर्व प्रतिको उत्साहलाई नैराश्यतामा परिणत गराई दिएको छ । हो, यो पृथ्वीमा रहेको सम्पूर्ण जीबित तथा निर्जिव हरेक चिजहरु समय अनुकुल परिवर्तन शिल छन, त्यो सत्यतालाई आत्म साथ गर्दै हामी परिस्थिति अनुरुप निर्णय र परिवर्तन हुदै जानु सक्नु पर्छ । तर विडम्वना सोनाम ल्होछार आउन करिव १ महिना समय अवधि समेत नरहेको अवस्थमा नेपाल तामाङ घेदुङ केन्द्रले निकालेको कृषि पात्रोमा समेत पहिले नै फाल्गुण ४ मा सोनाम ल्होछार उल्लेख गरेको भन्ने जस्ता तर्क अगाडि सारेर आफु पानी माथिको ओभानो बन्न खोज्ने बर्तमान नेतृत्वकर्ताको हैकमबाद प्रवृति तथा सस्थागत मुल्य मान्यतालाई निराथक बनाउने र विगतमा गरेको सम्पूर्ण योगदानलाई समेत अपहेलना गरेको ठहर गर्दै यस किसिमको क्रियाकलाप प्रति नेपाल प्रवासी तामाङ समाज कतार असन्तुष्टि ब्यक्त गर्दै उक्त निर्णयको खण्डन र बत्सर्न समेत गर्दछ । समय हुन्जेल चेतना नआउने, समाज र समुदायलाई बुझाउन नसक्ने अनि अन्तिम अवास्थामा आएर विभिन्न तर्क तेस्र्याएर चलि आएको पराम्परालाई बङग्याएर समाजलाई कुहिरोको काग बनाएर अनिर्णयको बन्धि बनाउन खोज्ने बर्तमान नेतृत्वकर्ताको प्रवृत्तिले तामाङहरुलाई एकताको मालामा एकिकृत गराउनको सट्टा विभाजन गराउनमा बल पुरयाउने कुरामा कुनै दुईमत नरहेको हुनाले आउदा दिनहरुमा यस्तो विबादित निर्णयहरु गर्नु भन्दा पहिले ब्यापक छलफल र सहकार्य गरि निष्कर्षमा पुग्न समेत यहि प्रेस विज्ञप्ति मार्फत अनुरोध एवं सचेत गराउदै नेपाल प्रवासी तामाङ समाज कतारले यहि माघ ४ गते नै भब्य रुपले सोनाम ल्होछार मनाउने कुराको स्पष्ट जानकारी गराउदै अन्य समाज र ब्यक्तिहरुलाई समेत माघ ४ गते नै सोनाम ल्होछार मान्ने कुरामा कुनै दुविध नलिन बिशेष अनुरोध गर्दछौ ।

अन्तमा, नेपाल प्रवासी तामाङ समाज कतार तामाङ जातिको हक अधिकार प्राप्ति र आफनो भाषा, धर्म, सस्कार एवं सँस्कृतिको संरक्षण तथा प्रवद्र्धनको लागि सवै सँघ सस्था एवं ब्यक्तिहरु सँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता साथै २८५४औं सोनाम ल्होछार खि/नागी ल्हो (कुकुर वर्ग) को पवन अवसारमा सम्पूर्ण देश बिदेशमा रहनु हुने समस्त ल्होछार प्रेमीहरु, परिवार ईष्ट मित्रहरुमा हार्दिक शुभकामना समेत यसै विज्ञप्ति मार्फत ब्यक्त गर्दछु ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution