हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

सरकार प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्ति गर्ने तयारीमा

काठमाडौं – सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्ति गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार डाकेको सर्वदलीय बैठकमा दुवै विषयमा सहमति भएकाले सरकारले प्रदेश प्रमुख र राजधानी तोक्न लागेको हो।

सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम गठबन्धनले प्रदेश अस्थायी राजधानी र प्रमुख तोक्न सरकारलाई सहमति दिएको बताए । बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता रामचन्द्र पौडेलले बैठकबाट कुनै सुझाव नआएका कारण सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने प्रक्रिया अघि बढाउने बताए। ‘राष्ट्रियसभा निर्वाचन मिति तोक्ने तथा प्रदेश राजधानी र प्रमुख तोक्ने विषयमा छलफल भयो । अन्य राजनीतिक दलबाट कुनै सुझाव आएन,’ पौडेलले भने, ‘हामी विवाद नहुने किसिमले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने प्रक्रिया अघि बढाउँछौं।’

सरकारले पहिले नै प्रदेश राजधानी र प्रमुख तोक्ने तयारीबारे छलफल नगरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि व्यक्त गरेका थिए । ‘राजधानी कहाँ राख्ने भन्ने विषयमा समिति पनि बनाउनुभयो र प्रतिवेदन पनि आयो भन्ने सुनिएको छ,’ दाहालले प्रधानमन्त्रीलाई भने, ‘संविधानअनुसार गर्नुहोला।’

सरकारले अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने आन्तरिक तयारी गरेपछि विभिन्न स्थानमा राजधानी माग्दै आन्दोलन चर्काइएको छ । बैठकमा वाम गठबन्धनका नेताले राष्ट्रियसभा निर्वाचन मिति तोक्न भइरहेको ढिलाइप्रति पनि असन्तुष्टि व्यक्त गरेका थिए । बैठकमा उनीहरूले माघ १० भित्र निर्वाचन मिति तोक्न माग गरेका थिए । ‘अब किन लामो समय लिनुप¥यो’, बैठकमा दाहालले देउवासँग प्रश्न गरेका थिए।

निर्वाचन आयोगले माघ २५ गते राष्ट्रियसभा निर्वाचन मिति तोक्न प्रस्ताव गरेको छ । राष्ट्रियसभा गठन नहुँदा प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्न नसकिने आयोगले बताउँदै आएको छ । प्रदेश प्रमुख नियुक्त र राजधानी नतोकिँदा प्रदेशसभामा निर्वाचित सदस्यले सपथ लिन पाएका छैनन्।

 

वाम गठवन्धनलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा जित हासिल गरेको वाम गठबन्धनका नेतालाई बधाई दिएका छन् । यो उनको पहिलो औपचारिक बधाई हो । सर्वदलीय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फ दोस्रो चरणको निर्वाचन भएको एक महिना भएको छ।

बैठकमा देउवाले सत्तामा टिकिरहने आफ्नो चाहना नभएको भन्दै शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताए । ‘सत्ता लम्ब्याउने पक्षमा म छैन । शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्छु,’ प्रधानमन्त्री देउवाको भनाइ थियो।
वाम गठबन्धनबाट धारणा राख्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावी परिणाम स्वीकार गरेकोमा देउवालाई धन्यवाद दिएका थिए।

एमाले स्थायी कमिटी सदस्य सुवास नेम्बाङका अनुसार जनताले शान्तिपूर्ण रुपमा वाम गठबन्धनलाई सत्ता हस्तान्तरण गरिसकेको दाहालले बताएका थिए । उनले भनेका थिए, ‘प्रधानमन्त्रीजी तपाईं चाँडो र सहज रुपमा सत्ता हस्तान्तरण गर्नुहोस्।’

प्रधानमन्त्रीले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न बोलाएको बैठकमा एमालेका शीर्ष नेता र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भने अनुपस्थित थिए । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य रहेकाले बैठकमा उपस्थित नभएका हुन् । त्यस्तै एमाले नेता झलनाथ खनाल र माधवकुमार नेपाल पनि अनुपस्थित रहे।

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति देउवा, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला उपस्थित थिए। त्यसैगरी माओवादी केन्द्रबाट दाहालसँगै नारायणकाजी श्रेष्ठ सहभागी थिए। एमालेबाट नेम्बाङ र विष्णु पौडेल सहभागी थिए। त्यस्तै राजपाका नेता पनि बैठकमा उपस्थित थिए।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution