हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

सोनाम ल्होछार तिथी विवाद – सरोजमोहन मोक्तान तामाङ

 

यसपाली  विक्रम सम्बत् २०७४ सालको ल्होछार नेपालमा प्रचलित विक्रम सम्बतको पञ्चांक पात्रोको अनुसार माघ ४ गते कि फागुन ४ गते ? मेरो उत्तर ः ल्होछार वा ल्होसार भनेको नयाँ बर्ष/साल/सम्बत् हो । ल्हो भनेको वर्ष/साल/सम्बत्, छार/सार भनेको नयाँ/फेर्ने/परिवर्तन हो । त्यसैले नयाँ बर्षलाई तामाङ भाषामा ल्होछार भनेको हो ।

नेपालमा जब ल्होछार भनेर तामाङ समुदायहरुले ल्होछार पर्वको रुपमा मुलुकभरी मान्दै आयो त्यो बेला देखिनै प्रायजसो नेपालमा प्रचलित विक्रम सम्बत्को पञ्चांक पात्रोको अनुसार माघ महिनामै ल्होछार पर्व परेको र मान्दै आएको देखिन्छ भने कहिलेकाही फागुन महिनामा पनि उक्त ल्होछार परेको र मान्दै आएको देखिन्छ । नेपाल सरकारले पहिलो चोटी २०५१ सालबाट स्व. मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वको कालमा ल्होछार मान्ने समुदायलाई मात्र १ दिन विदा दिने व्यवस्था गरेको थियो । पछि पछि यो ल्होछारलाई सोनाम ल्होछार भनेर भन्न थालियो ।

विक्रम सम्बत् अनुसार फागुन महिनामा परेको सोनाम ल्होछार ः (मेरो जानकारी अनुसार) २०६३ साल फागुन ६ गते । २०६६ साल फागुन २ गते । २०७१ साल फागुन ७ गते । यी माथि उल्लेखित सालमा सोनाम ल्होछार फागुन महिनामा परेको देखिन्छ । अर्को महत्वपूर्ण कुरा के हो भने जुन बेला नेपालमा सोनाम ल्होछार परेको हु्न्छ त्यो बेला चीनमा पनि नयाँ वर्ष स्प्रीङ फेस्टीबल परेको हुन्छ ।

नेपालमा माघ वा फागुन महिनाको जुन तिथी वा दिनमा सोनाम ल्होछार परेको देखियो त्यही बेला चीनमा त्यही तिथी वा दिनमा नयाँ वर्ष स्प्रीङ फेस्टीबल परेको देखिन्छ । नेपालमा मानिएको सोनाम ल्होछारको दिन विश्वका अन्य देशहरु चीन, मंगोलिया, जापान, थाइल्याण्ड, कोरिया, बर्मा, भियतनाम, मलेसिया, इन्डोनेसिया, सिंगापुर, फिलिपिन्स, भुटान, भारतको सिक्किम, दार्जिलिङ, गान्दोक, ताइवान, लावस आदिमा पनि मान्ने गरिन्छ । त्यसैले यो वर्षको सोनाम ल्होछार यदि माघ ४ गते हो भने त्यो दिन वा तिथिमा चीनको नयाँ वर्ष स्प्रीङ फेस्टीबल पर्दैन । चीनको नयाँ वर्ष स्प्रीङ फेस्टीबल त नेपालको फागुन ४ गते पर्न गएको छ, जुन यसपाला आउदै गरेको फेब्रुवरी महिनाको १६ तारिखमा पर्ने रहेछ, सबैले हेर्ने र बुझन सकिन्छ । गुगल देखि चीन देशमा ।

त्यसैले हामीले भन्न सकिन्छ कि ः यी उल्लेखित आधारमा यसपाली विक्रम सम्बत् २०७४ सालको सोनाम ल्होछार नेपालमा प्रचलित विक्रम सम्बतको पञ्चांक पात्रोको अनुसार २०७४ सालको सोनाम ल्होछार फागुन ४ गते नै हो भन्न सकिन्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution