हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

चीनले १२ हजार किलोमिटर टाढासम्म हान्न सक्ने नयाँ क्षेप्यास्त्र निर्माण , भारत तनावमा !

 

काठमाडौं, १९ पुस — चीनको नयाँ हाइपरसोनिक ब्यालिस्टिक क्षेप्यास्त्र डीएफ–१७ भारत, जापान र अमेरिकाका लागि पनि खतराका रूपमा रहेको बताइएको छ ।

जापानले अघिल्लो महिना अमेरिकी जासूसी सूत्रहरूलाई उद्धृत गर्दै चीनको जनमुक्ति सेनाको रकेट फोर्सले नयाँ क्षेप्यास्त्र हाइपरसोनिक ग्लाइड भेहिकल (एचजीभी) को परीक्षण गरेको छ जसलाई डीएफ–१७ नाम दिइएको छ ।

यसको पहिलो परीक्षण नोभेम्बर महिनाको शुरुवातमा गरिएको थियो । परीक्षणका बेलामा यो क्षेप्यास्त्र १४ सय किलोमिटर पर पुगेको थियो ।

साउथ चाइना मर्निङ पोस्टमा बेइजिङका सैन्य विश्लेषक झोउ चेनमिङले भने, ‘पारम्परिक ब्यालिस्टिक क्षेप्यास्त्रको तुलनामा एचजीभी एकदमै जटिल छ र यसलाई खसाल्न गाह्रो छ । अमेरिका, जापान र भारतले चीनको एचजीभी प्रविधि विकासबाट चिन्तित हुनुपर्ने आवश्यकता छ । यो जापानका सैनिक अड्डा र भारतमा परमाणु रिएक्टरहरूसम्म शीघ्रता र सटीकताका साथ पुग्न सक्छ ।’ यो विश्लेषणले भारतीय सुरक्षा संस्थाहरूको निद्रा गायब गराइदिएको छ ।

जनमुक्ति सेनाका पूर्वसदस्य साङ झोङपिङले एचजीभी हतियारलाई ब्यालिस्टिक क्षेप्यास्त्र डीएफ–४१ का साथ प्रयोग गर्न मिल्ने बताएका छन् । यस क्षेप्यास्त्रको मारक क्षमता १२ हजार किलोमिटर टाढासम्म छ ।

यो जम्मा एक घन्टाभित्र अमेरिकाको कुनै पनि ठाउँमा पुग्न सक्छ । एचजीभीले अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली थाडलाई पनि ध्वस्त पार्न सक्छ । उत्तर कोरियाको आक्रमणबाट बच्नका लागि थाडलाई दक्षिण कोरियामा तैनाथ गरिएको छ ।

एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution