हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

इजरायलमा तमु ल्होसार २०१७ भव्यताको साथ सम्पन्न 

तेलअविव- तमु समाज इजरायलको आयोजनामा गत डिसेम्बर २०१७ (शुक्रबार) तमु ल्होसार खि ल्हो भव्यताको साथ मनाएको छ |
तमु समाज इजरायलका अध्यक्ष सुश्री आशा तमुस्योको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली रदुताबास इजरायलका महामहिम राजदुत निरन्जन कुमार थापा , बिशेष अतिथिहरु एनआरएनए इजरायलका अध्यक्ष छिरिङ लामा शेर्पा ,नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष नयन ईम्सोङ लिम्बु ,अतिथिहरुमा इजरायल स्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र अनलाईन मिडियाकर्मीहरु रहेका थिए |

कार्यक्रममा तमु समाज इजरायलका प्रथम उपाध्यक्ष तथा खी ल्होसार कार्यक्रमका संयोजक ओम बहादुर गुरुङले स्वागत मन्तब्य तथा ल्होसारको शुभकामना दिनु भएको थियो |

तमु समाज इजरायलका पूर्व अध्यक्ष डिक कुमार तमु , नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष नयन इम्सोङ लिम्बु र प्राविधिक सहयोगी डिजे बिपिन तामाङलाईलाई समान पत्र , फेटा तथा दोसल्ला ओडाई सम्मान गरिएको थियो |

कार्यक्रममा समाजका सल्लाहकार डम्मर तमु ,प्रमुख अतिथि महामहिम राजदुत श् निरन्जन कुमार थापा ,एनआरएन इजरायलका अध्यक्ष छिरिङ लामा शेर्पा , नेपाल आदिबासी महासंघ इजरायलका अध्यक्ष नयन ईम्सोङ लिम्बु लगायतले शुभकामना मन्तब्य राखेका थिए |
अन्त्यमा कार्यक्रमका सभापति तथा तमु समाज इजरायलका अध्यक्ष आशा तमुस्योले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद व्यक्त गर्नु हुदै कार्यक्रमको समापन भएको घोषण गरेकी थिईन् |

समाजका महासचिव हरिमाया तमुस्यो तथा सचिव बिष्णु कुमारी तमुस्योले कुशलतापुर्वक कार्यक्रम संचालन गरेकी थिईन् |

श्रोत- तमु समाज इजरायल 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution