देउवाले गरे सहरी विकासमन्त्री दिलनाथ गिरीलाई बर्खास्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी विकासमन्त्री दिलनाथ गिरीलाई बर्खास्त गरेका छन् ।
राप्रपा नेता समेत रहेका गिरीलाई उक्त पार्टीको सिफारिसको आधारमा प्रधानमन्त्री देउवाले बर्खास्त गरेका हुन् ।
आफूखुसी सचिव परिवर्तन गर्न लागेको भन्दै राप्रपाले गिरीलाई मन्त्री पदबाट फिर्ता बोलाएको थियो ।
गिरीलाई बर्खास्त गरेपछि प्रधानमन्त्री देउवाले सहरी विकास मन्त्रालयको जिम्मा राप्रपा अध्यक्ष एवम् ऊर्जा मन्त्रीसमेत रहेका उपप्रधानमन्त्री कमल थापालाई दिएका छन् ।