हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

सोनाम ल्होछार २८५४ मुलसमारोह समिती गठन, फागुन ४ गते भब्य रुपमा मनाउने

– सन्जु ब्लोन तामाङ

पुष–१६ गते, याम्बु ।नेपाल तामाङ घेदुङको नेतृत्वमा आज सोनाम ल्होछार मुल समारोह समिती गठन भएको छ । घेदुङको केन्द्रिय कार्यालय पुतलीसडकमा बसेको विभिन्न संघसंस्थाको संयक्त बैठकले १ हजार १ जनाको मुल समारोह समिती गठन गर्दै तामाङ समुदायले मनाउने सोनाम ल्होछार भब्य रुपमा मनाउने निर्णय गरेको हो ।

तामाङ पहिलो महिना ख्रे ला छेपागि अर्थात विक्रम सम्वतको फागुन ४ गते नागी (खि) ल्हो २८५४ भब्य रुपमा मनाउने निर्णय भएको घेदुङका महासचिव बाबु घिसिङले जानकारी दिनुभयो । उहाँका अनुसार सोनाम ल्होछारको प्रवद्र्धन, हाम्रो सांस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान भन्ने नारा तय गरिएको छ । भने बैठकले विविध सांस्कृतिक महोत्सवसहित काठमाडौंमा यहि आउँदो फागुन २, ३ र ४ गते बृहत कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

यस्तै देश तथा विदेशमा रहेका सम्पुर्णमा घरघरमा एवं सामुहिक रुपमा धार्मिक र सांस्कृतिक पर्वका रुपमा ल्होछार मनाउन आह्वान गरेको छ । विक्रम सम्वतको क्यालेण्डरमा यहि आउँदो माघ ४ गते सोनाम ल्होछार भनि उल्लेख भएको विदा गलत भएकोले त्यसको भ्रममा नपर्न सम्पुर्णमा मुलसमारोह समितीले आग्रह गनि गरेको छ । सरकारलाई यसअघि नै नमिलेको विदाको बारेमा सच्याउन आग्रहसहितको ध्यानकर्षण गराइसकेकोले सच्चिएर आउनेमा विश्वस्त रहन पनि आम तामाङ समुदायलाई समितीले आग्रह गरेको छ ।

यस्तै समितीले ल्होछारका विषयमा आएका भ्रम तथा गलत प्रचारको बारेमा स्पष्ट पार्न यहि पुष १८ गते पत्रकार सम्मेलन गर्ने पनि जनाएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution