हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

तामाङ समाज यूएई द्वारा शैक्षिक सहयोग र सम्मान पत्र हस्तान्तरण

-सनिल घिसिङ तामाङ

याम्बु – तामाङ समाज यूएईले शैक्षिक सहयोग हस्तान्तरण कार्यक्रम अन्तर्गत कन्यादेबी निम्न मा.बि. नेत्रवती गाँउपालिका – ४ धादिङलाई नगद एक लाख एघार हजार एक सय एघार रूपैया (रू. १११,१११/-) हस्तान्तरण गरेको छ ।

नेपाल तामाङ घेदुङको केन्द्रिय कार्यलयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि, तामाङ समाज यूएईका संस्थापक अध्यक्ष तथा किस्पाङ गाँउपालिका – नुवाकोटका प्रमुख छत्र बहादुर लामा, बिशेष अतिथि, नेपाल तामाङ घेदुङका महासचिब बाबु घिसिङ, अतिथिद्वय नेपाल तामाङ घेदुङका संगठन बिभाग प्रमुख कुलन घिसिङ र नेपाल तामाङ कलाकार संघका अध्यक्ष सन्जीब वाईबा तथा कार्यक्रमका सभापति एंव तामाङ समाज यूएईका अध्यक्ष महेश मोक्तानले सहयोग रकम लाई कन्यादेबी निम्न मा.बि. का प्र.अ. कमल बहादुर लामालाई संयुक्त रूपमा हस्तान्तरण गर्नु भएको थियो ।

यसै कार्यक्रममा समाजले समाजका संस्थापक अध्यक्ष तथा किस्पाङ गाँउपालिका – नुवाकोटका प्रमुख छत्र बहादुर लामालाई समाजको जिम्मेवारी सफलतापुर्वक समहाली प्रवासमा तामाङ जातिको मौलिक जातिय पहिचान, धर्म, संस्कृति, भाषा र कलाको संरक्षण, संवर्दन र प्रबर्द्धन गर्दै प्रवास तथा स्वदेशमा आईपरेका मानबीय एंव सामाजिक संकटको घडीमा पुर्याउनु भएको अतुलनीय योगदान तथा स्थानीय निर्बाचन २०७४ मा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकाको प्रमुखमा निर्बाचित हुनुभएकोमा सम्मान गरेको थियो ।

समाजका महासचिब सनिल घिसिङले संचालन गरेको औपचारिक कार्यक्रमा आमन्त्रित पाहुनाहरूले मन्तब्यका क्रममा तामाङ समाज यूएईको सपोर्ट माई स्कूल कार्यक्रम अन्तर्गत शैक्षिक क्षेत्रको बिकासको लागि समाजले खेलेको भूमिका तथा सहयोग कार्यहरूको प्रशंसा गर्दै धन्यबाद ब्यक्त गरेका थिए । कार्यक्रममा नेपाल तामाङ घेदुङका पदाधिकारीहरू, नेपाल तामाङ कलाकार संघका पदाधिकारीहरू, कन्यादेबी निम्न मा.बि. का प्रतिनिधिहरू लगायत समाजका भूतपूर्व पदाधिकारीहरू तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution