हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाले सम्मान कार्यक्रमको आयोजन गर्दै

मलेसिया:नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाले डिसेम्बर  ३१ तारीख आइतबारको दिन मलेसियाको राजधानी क्वालालम्पुर स्थित ग्राण्ड कन्टिनेन्टल होटेलमा विभिन्न विद्यामा मनोनीतमा परेका १४ जना ब्यक्तित्वहरुलाइ सम्मानित गर्नको निम्ति एक विशेष अवार्ड कार्यक्रमको आयोजना गर्न लागेका छ्न्।

बिगत दुई बर्ष देखि आयोजना गर्दै आएका कराते संघले यो वर्ष पनि 2017 भरि ज-जसले मलेसियामा श्रम गरेर पनि बचेको समयमा प्रवास जस्तो ठाउँमा बसेर पनि खेलकुद क्षेत्रमा देशलाइ नै अगाडि चिनाउने काम गरेर अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीहरुलाई साथै एक जना कुशल पत्रकार , साहित्यकार, एक जना हास्यकलाकार, अनि रातदिन नभनी,समयको प्रभाव नगरी मलेशियामा बसेर समस्यामा परेका नेपाली श्रमिकहरुलाई सहयोग गर्न तत्पर रहने समाजसेवामा सक्रिय भैइ लागी रहेका दुइजना समाजसेवीलाई र गायन तर्फ दुई जनालाइ गरि जम्मा १४ जना ब्यक्तित्वहरुलाई अवार्ड प्रदान गरि सम्मानित गर्न लागेको नेपाली प्रवासी सितेरियो कराते संघ मलेसियाका अध्यक्ष योगेन्द्र कोईरालाले जानकारी गराउनु भयो ।

अध्यक्ष कोईरालाको भनाइ अनुसार यो अवार्ड प्रोग्राम आयोजना गर्नुको मुख्य उदेश्य मलेसियामा श्रमजीवी गरेर बचेको समय निकालेर यहाँ समस्यामा परेका श्रमिकको हक हितको लागि थप काम गर्न,श्रमिकको हकहितमा कलम चलाउन ,साथै प्रवासमा बसेर पनि भए पनि आफ्नो दिनचर्या काम गरेर थकाइ लागेको हुँदा हुँदै पनि साहित्य,लेख,रचना तथा गायन साथ साथै खेलकुदको क्षेत्रमा नि नेपालको तर्फबाट यहाँ विभिन्न प्रतियोगितामा प्रतिनिधित्व गरि जितेर देशको नाम अगाडि बढाएकोमा र अझ देशको निम्ति केही योगदान गर्ने हौसला प्राप्त होउन भन्ने थप साहस र हौसला प्राप्त होस भन्ने प्रमुख उदेश्यको साथ तेस्रो पटक यो अवार्ड दिन लागिएको भन्नू भयो।

नेपाली प्रवासी सितोरियो कराते संघ मलेसिया प्रमुख आयोजक रहेको यस अवार्ड कार्यक्रमको प्रायोजकमा हिमालय फुटबल क्लब , मण्डला रेष्टुरेन्ट , उग्रतारा रेष्टुरेन्ट , एभरेष्ट रेष्टुरेन्ट, पङेनी हुनम रिसोर्ट ,हिमालयन एयरलाइन्स,परदेशी रेस्टुरेन्ट ,नेटफार ग्लोबल , लाङाली मुबाइल पसल, थापा ईन्टरप्राइज लगायतको रहेका छ्न भने मिडिया पार्टनरमा नयाँ अनलाइन ,मुग्लान डटकम,हमार सनेश ड्टकम रहेका छ्न।

-आर एन चौधरी थारु,मलेसिया 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution