सिभिल बैंकले एकबर्ष भन्दाकम अवधिको मुद्दती खातामै १२.२२% ब्याज दिने

सिभिल बैंकले २२२ दिने मुद्दती खातामा १२.२२ प्रतिशत ब्याज दिने भएको छ।नववर्ष २०१८मा सौगात स्वरुप आफ्ना ग्राहकहरुलाई उच्च प्रतिफल दिने क्रममा २२२ दिने मुद्दती खातामा १२.२२% ब्याज प्रदान गर्ने सो बैंकले जनाएको छ। बैंकले यस अघि देखि नै शुन्य मौज्दातको नेपाली बचत खातामा सर्वाधिक ८.५० प्रतिशत वार्षिक व्याजदर प्रदान गर्दै आएको छ ।
यस नयाँ योजनाले ग्राहकहरु लाभान्वित हुनुका साथै अन्य बैंकहरुको तुलनामा उच्च प्रतिफल प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।