तामाङ सोनाम ल्होछार फागुनमा होइन माघ मै हो – अजितमान तामाङ

तामाङ साथिहरू यदि असलि तामाङ ल्होछारका दिन नै खोजेको हो भने माघ ४ गते नै हो । यो दिन नै माघ सुक्लपक्ष प्रतिपदा हो अर्थात् माघ चन्द्र महिनाको पहिलो दिन तामाङ वर्षको तामाङ पहिलो महिना “ख्रेला”को प्रथम दिन अर्थात् औसीको भोलि पल्टको दिनको ‘प्रतिपदा तीथी’ छेपा गी आरम्भ हुने दिन हो । किन भने आजैको दिन गुरूङहरूले ल्होछार मनाएकै दिनबाट चिनमा “स्याअु सीननीयन” अथवा प्रारम्भ वा सानो रूप को ल्होछार सुरुभएको को मनाएका छन् । बुझ्न चाहनु हुन्छ भने बुझ्नुस चीनमा । अनि आब स्प्रीङफेस्टिभल सुरु हुन्दै छ । अनि माघ ४ कै दिन बाट “सिननियन” मनाउँदै छ (चिनीया भाषामा सीन भन्नाले नयाँ छार हो भने नियन भन्ननाले वर्ष ल्हो १२ जीव जन्तुको नामबाट गणना गरिने वर्ष नै हो ।) नयाँ वर्ष सुरु हुन्दैछ ।
फागुन ४ त चिनिया तिब्बती हरूको ल्होछार हो । त्यो पनि सबै तिब्बतीले मान्दैन, नेपालमै पनि दोलबु (डोल्पा) रूङ अर्थात् लोसार हामी ल्होछार भन्छौ त्यो पनि माघ ४ गते नै सुरु हुन्छ । त्यस्तै योल्मो ल्होछार, मुस्ताङका मार्फाका थकाली दाजुभाईको ल्होछार माघ ४ मै पर्छ । भारतीय कालचक्र तन्त्र हाम्रो प्राचीन पात्रो परम्परा होईन । तिब्बती को पनि होईन । यो त कार ची परम्परा हो । हाम्रो परम्परा नाग्ची हो ।
त्यसैले त तिब्बती पत्रोहरू जसलाई दाथो र लोथो अर्थात् महिनाको आधारमा दाथो भनिन्छ र लोथो वर्षको आधारमा चलि आएको कुनै पनि पात्रोको पहिलो महिना उनीहरूकै तर्क अनुसारको नेपाली र कासी पात्रोको फागुन सुक्लपक्ष प्रतिपदाबाट पात्रो बनाएको हुन्दैन । त्यो पात्रो त उनीहरूको कहिले तेस्रो त कहिले चौंथो महिना अर्थात् नेपाली तथा कासी पात्रोको बैशाख महिनाबाट मात्र बनेको हुन्छ चाहे त्यो खुनुको होस् या तिब्बत होस् ।
त्यसैले तामाङहरूको सटिक र तथ्यगत विषयलाई मोडेर व्याख्या गर्नु खोज्नु दास मानसिकता मात्र हो ।यो अनावश्यक गलत तर्क ल्याएर एकपाते भित्ते पात्रो बनाउँदैमा त्यो असली तामाङ पात्रो हुने कुनै आधार छैन ।
तामाङको ठुङसा, बापसा र केसा अनी नाम्सा, खीम्सा, युलसा तथा ग्याल्साको स थाहा नहुनेहरूले धर्मशास्त्रको दम्भलाई व्यक्तिको समस्कृतिमाथि प्रहार गर्नु उचित हुन्दैन । धर्ममा मेरो तेरो भन्ने हुन्दैन सबै बुदिस्ट भएपनि सस्कृति फरक नै हुन्छ । श्रीलकाली बुदिस्ट हुन तर हाम्रो जस्तो ल्होछार १२ जिव जन्तु तथा पन्छिको वर्ष परम्परा त्यहाँ भिन्न छ ।
अनि तामाङ साथि हो । ल्होछारको बारेमा २०४५-४६ को जनआन्दोलन पछि हामीले अध्ययन गरी नेपाल सरकारबाट स्वीकृति पाउनको लागि लामो छलफल बहस पछि मात्र बल्ल नेपाल तामाङ ग्हेदुङले बि स २०५१ सालमा सरकारबाट तामाङहरूले माघ महिनामा ल्होफेर्छ भनि मान्दै आएको मौखिक प्रचलनमात्र रहेको अवस्थामा थुप्रै ल्होछार मान्दै आएका समुदायका बिचमा छलफल गरेर मात्र चन्द्रमाघ महिनाको प्रथमदिन अर्थात् माघसुक्लपक्ष प्रतोपदाका दिन तामाङ ल्होछारको दिन हो भन्ने टुंगोमा पुगेको हो । यो तिथि वैज्ञानिक रहेकाले नै तामाङ, योल्मो, दुरा, तत्कालीन समयमा शेर्पा र गुरूङ समुदाय सहित व्यापक छलफल गरी सरकारलाई विदा तथा राष्ट्रिय पर्वको मान्यता दिन संयुक्त रूपमा अनुरोध र आव्हान गरेपछि तत्कालिन स्वर्गीय मनहोहन अधिकारीको प्रधानमन्त्रीत्वकालमा ल्होछार मान्नेहरूका लागि भनेर राज्यबाट मान्यता प्रदान भएको हो ।
त्यो दिन प्रचलित नेपाल तथा भारत देसीय पात्रो अनुसार माघ सुक्लपक्ष प्रतिपदाका दिन अर्थात यसपाली माघ ४ गते नै हो । खै किन हो के कारण हो मेरा साथिहरूले आज २३-२५ वर्ष सम्म संघर्ष गरेर विस्तारै स्थापित गर्दै ल्याएको यो प्रचीन तामाङ परम्पराजसलाई तामाङहरूले गोर्खाली उपनिवेसको पन्जाभित्रबाट “माघलारी ल्हो पोबारो” अवशेषलाई सांस्कृतिक पूनरजागरणको अभियान मार्फत् स्थापित माघसुक्लपक्ष प्रतिपदाको दिनलाई फाल्गुन सुक्लपक्ष प्रतिपदाको दिनमा पुगाएर पन्चांङ पात्रो अनुसारको माघलाई नै फाल्गुन पुर्याई दिए पछि अब किन सोनमा भनि रहनु पर्यो र अब । बुद्ध जयन्ति पनि बैशाख पुर्णीमा भन्दै तिब्बतीहरूले सँधै जेष्ठ महिनामा पुगाउने भए । तसर्थ यो तथ्य संगत छैन, म आफू तामाङ ग्हेदुङको अधिवेसनबाट निर्वाचत उपाध्यक्ष हुँ । तर खै मलाई तामाङको २४ वर्ष लामो इतिहास बोकेको तामाङ ग्हेदुङको मुल्य र मान्यताको (सोनाम) ल्होछार ग्याल्बो ल्होछारको दिनमा मिसाउने विषयमा मेरो असहमति र आपत्ति पनि जताउन चाहन्छु ।
के अब ग्हेदुङमा सङकट आएको हो ? हो भने आपतकालिन महाधिवेसन बोलाउनु पर्छ । नयाँ जनमत लिएर मात्र तामाङ समाजले दसकौंको अभ्यास गरि आएको संस्कृतिलाई पुनरविचार गर्न सकिन्छ । व्यापक छलफल नगरी एक्कासी बदल्नु अस्वाभाविक हुन्छ । तामाङ पहिचानलाई यसरी अनिश्चितता बाटोमा लैजानु तामाङ समुदायलाई धोका दिनु हो । नसक्नेले मैदान छाडि दिनु पर्छ । सबै सँग न्यायोचित छलफल गरेरमात्र निष्कर्षमा पुग्दा सवैको हितमा हुनेछ ।
(अजितमान तामाङ – नेपाल तामाङ घेदुङ केन्द्रित उपाध्यक्ष र लुम्बिनि बिकास कोषको सद्स्यसचिव हुनुहुन्छ)