इजरायलमा ग्याल्पो ल्होसार भव्यताको साथ मनाउने तयारी

तेलअविव – नेपाल शेर्पा संघ इजरायल द्वारा २१४५ औ सा फो खि ल्हो (कुकुर बर्ष) ग्याल्बो ल्होसार आउँदो १७ फेब्रुअरी २०१७ (शनिबार) तेलअविव स्थित Yadharuchi st. 11 मा रहेको हल Kaliyo Party Palace मा भव्यताको साथ मनाउने भएको छ |
कार्यक्रमको लागि नेपालबाट आमान्त्रित युवा गायक दोर्जे लामा शेर्पा र शेर्पा पत्रकार ल्हाक्पा शेर्पा आउने भएका छन् | साथमा इजरायलमा रहेका नेपाली कलाकारहरुको जोडदार प्रस्तुति रहने शेर्पा संघ इजरायलले जनाएको छ |
रात्रि भोज सहितको कार्यक्रमको प्रवेश टिकट शुल्क २३० सेकेल रहेको छ | टिकटमा भएको सिरिएल नम्बर अनुसार लक्की ड्रा बाट ३ जनालाई क्रमशः पहिलो ,द्धितीय र तेश्रो हुनेलाई ५०० , ३०० र २०० सेकेल नगद पुरुस्कारको व्यवस्था समेत रहेको छ |
साथै शेर्पा संघ इजरायलले ग्याल्पो ल्होसारको पावन अवसरमा शेर्पा ड्रेस प्रतियोगिता पनि गर्ने भएको छ |