हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नैतिकता पुरुषलाई चाहिँदैन ? नारीलाई मात्रै …?

राधा पाेखरेल

जुन परिवारमा नारीहरु दुःखी हुन्छन्, त्यो घरको नाश अवश्यंभावी छ ।’ मनुस्मृतिको यो आवाजसँगै म आजको विषयवस्तु अगाडि बढाउँछु ।

पुरूषप्रधान भनेर सम्बोधन गर्दा मेरा कतिपय पुरूष साथीहरू रिसाउने गर्नुहुन्छ । मेरो विनम्र अनुरोध छ- साथीहरू, मैले कुनै पुरूषविशेषलाई आरोपित गर्न खोजेकी होइन, हाम्रो समाजमा भएको प्रवृत्तिको कुरा मात्रै गरेकी हुँ ।

आज पनि नेपालमा बोक्सीको आरोपमा मानव मलमूत्र खुवाई निर्घात पिटेर हत्या गर्ने, दाइजोका नाममा दिनदहाडै बुहारीमाथि मट्टीतेल खन्याएर आगो लगाइँदैछ । घरपरिवारको प्रतिष्ठाको निम्ति इच्छाविपरीत जबर्जस्ती विवाह गरिदिने प्रवृत्तिबाट अहिले पनि नेपाली छोरीहरू प्रताडीत छन् ।

मानव अधिकारकर्मीहरू कुर्लिएको कुर्लिएकै छन्, सरकार कानुन बनाएको बनाएकै छ । तर, समाजमा मानवताविरोधी हिंस्रक घटना बढेका बढ्यै छन् । यस्ता कथा र महिलाहरुले भोग्नुपरेका पीडा सुन्दा हरेक नैतिकवान व्यक्तिका आाँखा रसाउँछन् |

हाम्रो समाजमा एकातिर नारी र पुरुष समान भनिएको छ, अर्कातिर यथार्थमा समानताको धरातल खडा हुन कति युग लाग्ने हो, कसैलाई थाहा छैन ।

समकालीन समाजमा नारी समुदायले विश्वको आधा जनसंख्या ओगटे पनि शक्तिहीन र अनुपयोगी बन्नुपरेको छ । यो सबभन्दा दुःखको कुरो हो । असमान सोचाइ र निम्न सामाजिक बन्धनका कारणले उत्पन्न गराइएको परिमाण नै नारी शक्तिहीन र अनुपयोगी बन्नुपरेको छ ।

समानताको कुरा गर्ने विश्व समाज कहाँ पुगिसक्यो, ०४६ सालको प्रजातन्त्र प्राप्तिसँगै नारीसम्बन्धी समस्याले सरकारी चासो आकृष्ट गरे पनि नेपाल अहिलेसम्म समस्याबाट बाहिर निस्कन सकेको छैन ।

मिथकमा पनि महिलामाथि नै विभेद

हाम्रो संस्कृति, कला, साहित्यको बेइज्जत गर्नमा नारीहरूको शारीरिक सुन्दरता प्रयोग भइरहेको छ । यस्ता स्वतन्त्रताको नामभित्र विकृति भने समाप्त हुनुपर्छ । निश्चय नै समाजमा सबै पुरूष खराब र सबै महिला असल हुँदैन । तर, हाम्रो समाज पुरूषप्रधान भएको कारण महिलामाथि पुरूष सत्ता हाबी छ । यो हाम्रो समाजको तीतो यथार्थता हो ।

संविधानमा जे लेखिए पनि धर्म, संस्कृति र परम्पराका नाममा महिलामाथि हुने भेदभावलाई समाजले स्वीकृति दिँदै आएको छ । यौनहिंसा पुराणकालदेखि आजसम्म शताब्दी लामो संघर्षपछि पनि लैंगिकलगायत विभिन्न भेदभाव फरक-फरक रूप र प्रकृतिमा संसारभर कायम छ । नेपालको संविधानले शब्दमा समान अधिकार सुनिश्चित गरे पनि व्यवहारमा भने विभेद जारी नै देखिन्छ ।

द्राैपदीलाई चीरहरण गर्न खोज्ने दुर्योधनको नकामलाई कसैले रोकेको थिएन । भीष्मजस्ता बलशाली र नैतिकवान पुरुषहरु पनि दुर्योधनको यो काममा मानौं मूक साक्षी थिए । युधिष्ठरले द्राैपदीको सुन्दरतामा मुग्ध भएर सबै पाण्डवले विवाह गर्नुपर्ने मान्यता बनाएर द्राैपदीलाई वस्तु नै ठानेर जुवामा हालेका थिए । युधिष्ठिरको यो कार्यलाई पनि समाजले स्वीकृति दिएर द्राैपदीको शरीरमाथि हिंसा नै गरेका थिए । यौन हिंसाकै कारण सीताले जीवनभर सुख पाउन सकिनन् ।

नेपालको कुन संस्कृति र धर्मले महिलालाई सहानुभूति दिएको होला ? पुस माघको जाडोमा घरमा आगो तापेर वा नदीतटका धर्मशालामा महिना दिन लामो व्रत गर्छन् परिवारका लागि । तर, विडम्वना । नारीले गर्ने नारीरुपी व्रतकथामा व्रत पूरा गरी प्रसाद झिक्ने बेलामा “आठ/आठ छुट्टाएर …. पतिलाई दिनु, पति नभए मित छोरालाई दिनु, छोरो नभए मित छोरालाई दिनु , मित छोरो नि नभए मेरो फलानो कामना सिद्ध होस् भनी गंगामा बगाउनु भनेर कति ठूलो विभेद गरिएको छ यहाँ ‘नारीमाथि ?

मित छोरा नभए प्रसाद खोलामा फाल्ने तर आˆनै कोखकी सन्तान छोरीलाई दिन नहुने ? प्रश्न गर्न मन लाग्छ- कुन भगवानको उर्दी हो यो ?

नारीले गर्न नहुने र गरेमा पाप लाग्ने उपदेशहरु प्रशस्तै छन् । अाफ्नो पुरुषलाई रीस गरेर हेरे टेढी हुन्छे, पुरुषको आज्ञा पालन नगरे पापिनी हुन्छे । तर, नारीमाथि अन्याय गर्ने पुरुषका लागि खै त कुनै पापका प्रावधानहरु ? पत्नीमाथि हात उठाउने पति के हुन्छ ? जाँड खाएर पत्नीलाई तथानाम गाली गरेमा के हुन्छ ? पत्नीमाथि ज्यादती गरे के हुन्छ ? यी प्रसंगहरु खै त ? निष्ठा र इमानदारी केवल नारीहरुमा खोजिएको छ, पुरुषहरुमा खोई त ?

असल पतिका पाउनका लागि नारीहरु आज पनि ब्रत बस्छन् । तर, खै त पुरुषले असल पत्नी प्राप्तिका लागि गरिनुपर्ने ब्रतहरु ? किन बनाइएनन् त्यस्ता ब्रतहरु, जो पुरुषले गरुन् ? त्यो पनि नारीहरुका लागि मात्रै ? यस्ता थुप्रै प्रंसग छन् हाम्रो सनातन धर्मसंस्कार अनि परम्परा र संस्कृतिभित्र ।

पाश्चात्य साहित्यमा पनि एरिस्टोटलले दुःखान्त नाटकका चरित्रका विषयमा चर्चा गर्दा नारीलाई दासभन्दा केहीमाथि राखेका छन् । धार्मिक पुस्तकहरु पनि पुरुषहरुद्वारा रचिएका हुनाले त्यहाँ नारीलाई महत्व दिनुभन्दा दबाउनेतिर नै बढी सचेतता देखिन्छ ।

अब मान्यवर पुरुषहरु, यो २१ सौं शताव्दीमा महिलाको पनि कानूनीरुपमै नाम हुन्छ । उनीहरुले आफैं बनाएको पहिचान हुन्छ । त्यसका लागि यहाँहरुले खल्तीबाट केही तिरिदिनु पर्दैन । खाली यहाँहरुको अति बौद्धिक दिमागले स्वीकारीदिनुभए त्यो ‘महान’ हुन्छ ।

सुन्दरी खेती

‘सुन्दरी खेती’ र राजनीतिक संसारको सबैभन्दा पुरानो पेसा हो । हिजोदेखि आजसम्म राजनीति चाणक्यले सिकाएझैं साम, दाम, दण्ड र भेदकै सिद्धान्तमा चलेको छ । तर, हिजो र आजको तुलना गर्ने हो भने सुन्दरता बेच्ने तरिकामा धेरै परिवर्तन भएको छ ।

विश्वभर बर्षेनी हजारौं अनेकखाले राष्ट्रिय र अन्तरराष्ट्रिय सुन्दरी प्रतियोगिता गरिन्छन् । आधुनिकतालाई पछ्याउने नेपाललाई सुन्दरी प्रतियोगिताले नलठ्याउने कुरो भएन ।

केही वर्षअघिसम्म मिस नेपाल प्रतियोगिताको पूर्वसन्ध्यामा विभिन्न दलका महिला संगठन र महिलावादी संघसंस्था विरोध र धर्नामा उत्रन्थे ।’महिला वस्तु होइनन् । तिनलाई नंग्याएर, उनीहरूको भौतिक सुन्दरताका आधारमा ‘सुन्दरता’ मापन गरिनु गलत हो । तर ‘मेरो शरीर, मेरै मर्जी’ भन्दै सुन्दरीहरूले विरोधको वास्ता गर्न छाडेपछि ती विरोधका आवाज क्रमशः सेलाउँदै गए ।

पत्थरको पगरीले कसैलाई स्टार बनाउन सक्दैन । महिला आफैंले पनि स्वतन्त्रता र शोषणबीचको अन्तर छुट्याउनु अति आवश्यक छ । शारीरिक सुन्दरतालाई प्राथमिकता दिनुभन्दा बौद्धिकतालाई निखार दिनु आवश्यक छ ।

हामी किन कमजोर ?

कोही मानिस चाहेर पनि कसैका लागि बाँचिदिन सकिँदैन । फेरि, कोही मानिस चाहेर पनि कसैको रोग बाँडेर लिन सकिँदैन । नारी स्वयं शारीरिक स्थितिमा पुरुषभन्दा केही कमजोर होला तर नारी धर्ती हो । किनकि आफू मरेर पनि अरुलाई प्राण दिन सक्छे एउटी नारीले ।

अनुभव भनेको समय गुजार्ने खेल मात्र होइन, बुद्धिमत्तापूर्ण समयको सदुपयोग पनि हो । पुरुषहरुको ‘अति वौद्धिक दिमाग’ पुरुषवत्व उन्मूखै हुनेगर्छ र भइरहेकै छ र भइरहन्छ र नारीहरुको ‘नारीत्व उन्मूख सक्रियतैमा आवश्यक छ ।’

अहिले विश्वभर ‘शक्तिको विमर्ष’ चलिरहँदा हामी भने पानी नै नपिई महादेवजस्तो लोग्ने पाउने आशा र आफ्नो लोग्नेको दीर्घायुका लागि समर्पित छौं । पितृ सत्ताको जरो यसरी गाडिएको छ कि आजसम्म हामी उनीहरुका दास छौं । हामी नारी आज पनि आˆना लागि कम, अरुका लागि बढी बाँचिरहेका छौं । पुरुषसरह सक्षम हुँदाहुँदै पनि किन हामी आफूलाई जहिल्यै कमजोर मान्छौं ?

हामी आफैं खुट्टामा बाँधिएको साङ्लो चुँडाउन किन खोजिरहेका छैनौं ? किन हामी परम्परालाई धानिरहेका छौं बिरालो बाँधेर श्राद्ध गरेझैं ? भन्नलाई त भनिन्छ- नारी आधा आकाश । तर, आधा हिस्सामा किन अधिकार जमाउन सकेका छैनौं हामीले ?

हाम्रो संविधानमा लैंगिक समानताका शब्दहरू लेखिए पनि जीवन-व्यवहारमा डरलाग्दा असमानताहरू कायमै छन् । जसको अन्त्यका निम्ति कठोर लडाईं अझै धेरै लड्न जरूरी छ । नारी असमानताको लडाईं नारीले मात्रै लड्ने हो भन्ने भ्रम पनि हाम्रो समाजमा कायमै देखिन्छ ।

वास्तवमा पुरूषको सहयोगविना नारी समानताको लडाइँ अधुरो र अपूर्ण रहन्छ । तसर्थ, यस लडाईंमा पुरूषको पनि सहयोगको खाँचो छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution